बेलायतमा लकडाउन हटने

लण्डन । कोरोना संक्रमणदर घटन थालेपछि बेलायतमा जारी लकडाउन हटने भएको छ । कोरोना संक्रमित, मृतक र अस्पताल भर्ना हुनेको संख्यामा उल्लेखनीय सुधार आउन थालेपछि लकडाउन हटने भएको हो ।

 

 

कोरोनाको अवस्था सुधार हुन थालेपछि जनजीवनलाई सहज र आर्थिक स्थिती चलायनमान बनाउन लकडाउन खुकुलो पार्दै हटाउने सरकारले जनाएको छ । लकडाउन खुकुलो बनाउने उद्देश्य अनुरुप मार्च ८ बाट पहिलो चरणमा स्कुलहरु खोल्ने तयारी भएको छ ।

 

 

जारी लकडाउन खुकुलो बनाउदै स्थिती सहज बनाइने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएको छ ।

 

लकडाउनलाई तीन तहमा खुकुलो पार्दै लैजाने योजना छ । जसअनुरुप मार्च ८ तारिखबाट पहिलो चरणमा स्कुलहरु सञ्चालन, दोस्रो चरणमा अत्यावश्यकबाहेकका पसलहरु सञ्चालन र तेस्रो चरण अन्तर्गत पब तथा रेष्टुरेन्टहरु सञ्चालन हुने छ ।

आगामी जुलाई अन्तसम्ममा बेलायतका सम्पूर्ण वयस्कहरुलाई कोरोना विरुद्धको खोप दिइसक्ने प्रधानमन्त्रीले जोनसोनले उद्घोष गरेका छन् ।

 

बेलायतमा जारी लकडाउन र कोरोना विरुद्धको खोपलाई तीव्रता दिइएसंगै संक्रमणमा पनि कमी आएको छ ।

 

कोभिडविरुद्धको खोपलाई आम प्रयोगको अनुमति दिने विश्वकै पहिलो मुलुक बेलायतमा हाल फाइजर र एस्ट्रानजेनेका खोप एक करोड ७० लाख बढी वितरण गरिएको छ ।

 

हालसम्म बेलायतमा एक लाख २० हजार ३६५ जनाकोरोना संक्रमितको मृत्यु भएको छ भने संक्रमित संख्या ४१ लाख ५ हजार ६७५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार