भोजपुरमा युवा संघ नेपाल र अखिलको नयाँ नेतृत्व चयन

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । नेपाल समुहको नेपाल कम्युनिष्ट पार्टी (एमाले) भोजपुरको जनवर्गिय संगठनको नयाँ कमिटी थपिएको छ । नेकपा एमाले सम्बद्ध युवा संघ नेपाल भोजपुर र अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) भोजपुरको नयाँ कमिटी निर्माण भएको हो ।
विमल रणपँहेलीको संयोजकत्वमा एकसय ७५ जनाको नयाँ युवा संघ नेपाल भोजपुरको जिल्ला कमिटी बनेको छ । त्यस्तै अनेरास्ववियू अखिलमा ध्रुवराज राईको संयोजकत्वमा ८५ जनाको थप नयाँ कमिटी बनेको छ । युवा संघ नेपाल भोजपुरका पूर्व अध्यक्ष सन्दिप राई संघको केन्द्रिय सदस्यमा पुगेपछि युवा संघ नेपाल भोजपुरको नयाँ नेतृत्व रणपहेँलीको काँधमा आएको हो । साथै अनेरास्ववियू अखिलमा भने धु्रवराज राईकै नेतृत्वमा कमिटी थप गरिएको हो ।
बुधबार माधव समुहको युवा तथा विद्यार्थी जिल्ला भेलाबाट जनवर्गिय संगठनको पनि नयाँ समिति थप गरिएको थियो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य राजेन्द्र राई, हरि बहादुर राई, नेकपा एमाले प्रदेश सदस्य रमेश शाक्य, नेकपा एमाले भोजपुर अध्यक्ष शरणकुमार राई, युवा संघ नेपालका केन्द्रिय सदस्य सन्दिप राई लगायतको उपस्थिती थियो ।
विगतका बर्षदेखि नै भोजपुरमा नेकपा एमालेको जनवर्गिय संगठनमा माधव समुहकै एकलौटी नेतृत्व रहँदै आएको छ । पछिल्लो राजनीतिक विचलनमा होमिएको नेकपा एमालेभित्र पनि ओली र नेपाल समुहविचको दुई धारमा तल्लो तहसम्मै असर देखिएको छ । भोजपुरमा भने साविककै राजनीतिक ईतिहास हेर्दा माधव समुहको नेकपा एमाले नै बलियो रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार