
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै केन्द्रमा नयाँ कायापलट गराउने चेतावनी दिएका छन्।
चितवनको माढीमा आइतबार युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ सरकार बनाएर निरङ्कुश र असंवैधानिक सरकारलाई ठेगान लगाइ कायापलट गराउने अन्तिम तयारी भइरहेकाे दाबी गरेका हुन् ।
कर्णाली सरकार अपदस्थ गर्ने केपी ओली र उनको गुटको दुस्साहसको नतिजा तपाई हामीले देखेका छौं भन्दै उनले गण्डकी र लुम्बिनी प्रदेशमा पनि कर्णाली प्रकरण दोहोरिन सक्ने चेतावनी समेत दिएका छन् ।
केन्द्रमा पनि संसद विघटनविरुद्ध सडकमा गएका दलहरु मिलेर जनपक्षीय र मुद्दामा आधारित सरकार बनाउनुपर्ने बताउँदै उनले भने केन्द्रमा नै केहीदिनमा एउटा नयाँ कायापलट हुँदैछ ।







