
एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूले सम्माजनक ढङ्गले एकता हाेस् भन्ने चाहेकाे बताएका छन् । साेमबारकाे आफू पक्षीय स्थायी कमिटी बैठकमा नेता नेपालले सम्मानजनक र सुव्यवस्थित ढङ्गले छिटाे एकता होस् चाहेकाे बताएका हुन् ।
“कमरेडहरू सबैको एकताको भावनासँग मेरो पनि एकरूपता छ । त्यसैले मैले बारम्बार एकता हाम्रो इच्छा र चाहना हो भन्ने गरेको छु । सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढंगले एकता होस् भन्ने मेरो चाहना छ,” नेता नेपाललकाे भनाइलाई उद्धृत गर्दै उनी पक्षीय नेता रघुजी पन्तले प्रेस वक्तव्यमार्फत बताएका छन् ।
बैठकमा वरिष्ठ नेता नेपाल सहित मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल, गोकर्ण विष्ट, भीम आचार्य, वेदुराम भुषाल, प्रमेश हमाल लगायतको उपस्थिति थियो ।







