गोर्खाहरुका अनशन अन्त्य

 


लन्डन
समानताको मागसहित तीन जना भूतपूर्व गोर्खाहरुले लन्डनमा गरेको आमरण अनसन अन्त्य गरेका  छन्

नेपाल बेलायत सरकारले माग सम्बाेधन गर्ने अाश्वास दिएपछि १३ दिनदेखि जारी अामरण अनशन अन्त्य भएका हुन

गोर्खा अभियान्ताहरू ज्ञानराज राई, धन गुरुङ पुष्प राना घलेले बेलायती प्रधानमन्त्रीको कार्यालयबाहिर आमरण अनसन बसेकोउनीहरूले बिहीबार अनसन तोडेका छन

सत्याग्रह समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले सत्याग्रहीले राखेको माग सम्बोधन भएपछि अनसन तोडिएको बताए

गोर्खाका मुद्धामा बेलायत सरकार वार्ताको टेबलमा बस्न तयार भएको ।प्राविधिक संयन्त्रको सिफारिशकै जगमा बेलायत, नेपाल गोर्खाहरुसहितको वार्ताको सहमति बनेको ’, राईले भने

बेलायत सरकारकाभेट्रान मिनिस्टरलियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी लगायत अनसनस्थल पुगेरसत्याग्रहीहरुलाई जुस पिलाएर अनसन तोडाएका थिए

भूपू गोर्खालाई समान अधिकारको माग गर्दै गोर्खा सत्याग्रह समितिका तीन अभियन्ताहरु गत अगस्ट तारिखदेखि आमरण अनसनमाथिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार