विमला वलीले शंकर पोखरेलसहित ४ जनाविरुद्ध दिइन् शरीर बन्धकसम्बन्धी किटानी जाहेरी

लुम्बिनी प्रदेश सांसद विमला वलीले पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दिएकी छिन् ।

 

पोखरेल मुख्यमन्त्री रहँदा साउन १५ गतेदेखि ५ दिनसम्म दाङबाट ल्याएर बन्धक बनाएको भन्दै अपहरण तथा शरीर बन्धकसम्बन्धी कानुनअनुसार कारबाहीको माग गर्दै वलीले किटानी जाहेरी दिएकी हुन् ।

 

उनले जाहेरीमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्‍वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई कारबाहीको माग गरेकी छिन् ।

 

उनले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएकी भएपनि घटनाको सुरुवात दाङबाट भएको भन्दै दाङमै पठाइएको प्रहरी स्रोतको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार