
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो एक वर्षयता आफूलाई समाप्त पार्न षड्यन्त्र भइरहेको बताएका छन् ।
बिहीबार काभ्रे पुगेर योङ कम्युनिस्ट लिग (वाईसीएल’को भेलालाई सम्बोधन गरेका अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई समाप्त पार्न प्रचण्डलाई सखाप पार्न खोजिएको जिकिर गरे ।
“माओवादी केन्द्रले एकताको झन्डा उठाउँदा समेत माओवादीविरुद्धको षड्यन्त्र रोकिएन । एक वर्षदेखि माओवादी आन्दोलनलाई कमजोर बनाउँदै समाप्त पार्न संगठित प्रयास भएको हो,” उनले भने, “माओवादी आन्दोलन समाप्त नहुने भएपछि प्रचण्डलाई सखाप पार्ने षड्यन्त्र भइरहेको छ ।”
उनले ‘प्रचण्डलाई सक्ने भनेको एउटा व्यक्ति सक्ने नभएर सिंगो माओवादी आन्दोलनलाई ध्वस्त पार्न नेतृत्व समाप्त पार्ने प्रयास भएको’ बताए ।







