भोजपुर बहुमुखी क्याम्पसमा नेकपा एसको अनेरास्ववियू क्याम्पस कमिटी गठन

  सिलिचुङ सम्बाददाता

 

 

भोजपुर । नेकपा एकीकृत समाजवादी निकट भातृ संगठन अनेरास्ववियूको भोजपुर बहुमुखी क्याम्पसमा क्याम्पस कमिटी गठन गरिएको छ । सोमबार आयोजित नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा संगठन विस्तार कार्यक्रममा सुमि राईको अध्यक्षतामा ५१ सदस्यीय कमिटी निर्माण भएको हो ।
नेकपा एकीकृत समाजवादीको युवा संघ नेपालका स्थायी कमिटी सदस्य सन्दिप राईको प्रमुख आतिथ्यमा अनेरास्ववियूद्वारा आयोजित कार्यक्रममा स्नातक तह प्रथम वर्षमा अध्ययनरत नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको थियो ।

अनेरास्ववियू क्याम्पस कमिटी पदाधिकारीः
अध्यक्ष – सुमी राई
उपाध्यक्ष – शशीकला गुरुङ
उपाध्यक्ष – ममता राई
सचिव – दुर्जमान तामाङ
सहसचिव– निङमा शेर्पा
सहसचिव– रविना पाण्डे
कोषाध्यक्ष– कृष्ण गिरी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार