दाङ । प्रहरीले विप्लव समुहले लुकाएर राखेका अत्याधुनिक हतियार बरामद गरेको छ । गोप्य सूचनाको आधारमा खोजतला गर्दै जाँदा कपिलबस्तु जिल्लाको शिवनगर नगरपालिका वडा नं १ स्थित खाली गोठबाट ५ थान एसएमजी राईफल, १३ थान म्यागजिन र ३९० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरि शनिवार जानकारी दिएको छ...



