स्थानिय तहमा बजेट अपुग

भोजपुर । आर्थिक वर्ष ०७५÷७६ का लागि सरकारले भोजपुरका दुई नगरपालिकालाई ६२ करोड ४९ लाख र सात गाउँपालिकालाई एक अर्ब ३० करोड ४६ लाख गरी कुल एक अर्ब ९२ करोड ९५ लाख बजेट छुट्यायो ।
चालु आबका लागि विनियोजित बजेट गत आबको तुलनामा नौवटै स्थानिय तहका लागि केही प्रतिशत कम भएर आएको छ । यस आबका लागि छुटिएको बजेटले सोचे अनुरुप योजना तथा कार्यक्रमहरु अघि बढाउन गाह्रो हुनेतर्फ जनप्रतिनिधीहरुले संकेत गरेका छन् । स्थानिय सरकारको पहिलो वर्ष वित्नैलाग्दासम्म विविध आन्तरिक प्राविधिक कारणबस जनतामुखी गत आबमा योजना तथा कार्यक्रमले सोचेअनुरुप गती लिन सकेन । तर पनि यसपटक ठुलो बजेटमा आशाबादी देखिएका जनप्रतिनिधीहरु आगामी आबमा ती ठुला योजनाहरुलाई पुनः रफ्तारमा लैजाने तयारी गरेकाबेला बजेट कम भएर आएपछि उनीहरु निकै हौसिएका छन् ।
दुर्गम आमचोक गाउँपालिकाले यसपटक केन्द्रबाट आएको बजेटलाई विषयगत छलफलमा लैजाने तयारी गरिरहेको गाउँपालिका प्रमुख अशोक राईले बताए । उनले यो आबमा कुल पुँजी अनुसार नै काम गर्नुपर्ने भएपछि घटेर आएको बजेटले अर्थमन्त्रीको बजेट भाषणअघि अपेक्षा गरिए अनुसारका योजनाका काम गर्न नसकिने बताए । उनका अनुसार प्रारम्भिक चरण रहेकाले भएकै बजेटलाई गाउँसभामा पेश गर्नेगरी बजेट तर्जुमा र श्रोत अनुमान समितीको विषयगत शाखासंग छलफल भईरहेको बताएका छन् ।

‘ठुलो बजेटमा आशाबादी देखिएका जनप्रतिनिधीहरु आगामी आबमा ती ठुला योजनाहरुलाई पुनः रफ्तारमा लैजाने तयारी गरेकाबेला बजेट कम भएर आएपछि उनीहरु निकै हौसिएका छन् ।’

गत आबमा अधिकांश स्थानिय तहमा कर्मचारी अभाव र विविध आन्तरिक प्राविधिक समस्याका कारण योजना तथा कार्यक्रमहरु सोच बमोजिम अघि बढ्न नसकेको जनप्रतिनिधीहरु गुनासो गर्छन् । स्थानीय सरकार भएपनि केन्द्रबाट अधिकार र कर्तव्यबारे स्पष्ट नीति नपठाइएकाले के गर्ने ? कसो गर्ने ? भन्ने अन्योल पनि योजनाका कामहरुमा बाधक बनेको टेम्के मैयुङ गाउँपालिका प्रमुख धु्रवराज राईको गुनासो छ । भन्छन्, ‘के काम गर्ने या नगर्ने अस्पष्ट भैरहँदा स्थानिय सरकारमा त्यसको न कुनै मापदण्ड न कुनै कार्यविधि, नियमावलीबारे माथिबाट ठोस आधार नै आएको छ । यस्तै कारणले परिषद् चाहेर पनि रोकिएकाले गतवर्षमा सोचे अनुरुप योजनाहरु अघि बढ्न सकेनन् ।’
बजेट भाषणपछि अहिलेसम्म भोजपुरमा भोजपुर नगरपालिका रामप्रसाद राई गाउँपालिका र हतुवागढी गाउँपालिकाले मात्र परिषद् सम्पन्न गरिसकेका छन् । बाँकी अन्य स्थानिय तहहरुमा नगरसभा, गाउँसभा र वडा परिषद गर्ने तयारीमा छन् । गतवर्ष हतुवागढी गाउँपालिकाले सडकलाई प्रमुख प्राथमिकतामा राख्दै २६ करोड ६५ लाख २ हजार बजेट विनियोजित गरेकोमा चालु आबमा पनि भौतिक योजनालाई पुनः प्राथमिकतामा राख्दै कुल २६ करोड आठ लाख १९ हजार रुपैँया बजेट प्रस्तुत ग¥यो ।
गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले समृद्ध गाउँपालिका निर्माण गर्ने लक्ष्यका साथ काम गरिरहेको जनाउँदै बजेटको आकार घटेर आएपनि सबै वडातहदेखी गाउँपालिका तहसम्म नै जनतालाई लाभ हुने किसीमले बजेट सार्वजनिक गरिएको बताए । भने, ‘स्थानिय तहका सबै वडाको तर्फबाट आएका योजनालाई एकैसाथ सम्बोधन गर्न नसकिएता पनि जनतालाई लाभ लिने तरिकाबाट बजेट सार्वजनिक गरेका हौँ ।’ तर कर्मचारी अभावका कारण सोचेअनुसारको अघि बढ्न नसकेका योजनाहरुलाई पुनः अगाडी बढाईने प्रमुख राईले बताए ।
भोजपुर नगरपालिकाले भने आगामी आब ०७५÷७६ का लागि स–साना बजेटलाई नियन्त्रण गरि ठुला ठोस योजनामा परिमार्जन गर्न ढंगबाट बजेट पेश गरेको छ । नगरपालिकाका लागि यो आबमा ३९ करोड ७१ लाख ९७ हजार २ सय रुपैँया बजेट विनियोजन गरिएको जनाइएको छ ।
गत आबमा भन्दा बजेटको आकार घटेर आएकोले स–साना पुँजी (बजेट)लाई कटौती गरी ठुलो बजेट बनाएर योजनामा लगानी गरिने हिसाबले बजेट पेश गरिएको नगर प्रमुख कैलाश कुमार आलेको भनाई छ । ‘पुँजी अनुसार काम गर्नुपर्ने हुँदा बढ्दो महंगीका कारण यसपटकको बजेट अपुग देखिन्छ । सोहि अनुरुपको बजेट पनि विनियोजन गर्ने खाका तयार पा¥यौँ ।’ उनले भने, ‘पुँजीको गतीसंगै योजनाका कामहरुको गती पनि बढि हुने भएकाले जनतामुखी बनाउन ठोस रुपमा देखिने योजनाहरु सञ्चालन गर्ने ढंगबाट ती साना बजेटलाई ठुलो बजेटमा सम्मिलीत गराएर काम रफ्तार बढाउन यसै अनुरुप बजेटिङ गरेका हौँ ।’

त्यस्तै ‘कृषि, विद्युतीकरण र सडक विस्तार रामप्रसाद राई गाउँपालिकाको पुर्वाधार विकासको आधार’ भन्ने मुल नाराका साथ रामप्रसाद राई गाउँपालिकाको तेस्रो गाउँसभाले आर्थिक वर्ष २०७५÷७६ को लागि २३ करोड ४३ लाख २१ हजार बजेट सार्वजनिक गरेको छ । गाउँसभाले कृषि, विद्युत र सडक विस्तारलाई पहिलो प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको हो ।
यसबाहेक अन्य स्थानिय तहमा प्रारम्भिक चरण रहेको बजेटिङका लागि नगरपालिका र गाउँपालिकाहरु गतसालको परिषद् अगावै यसपटक नगर तथा गाउँसभा र वडा परिषद् गर्ने तयारी थालेका छन् । गत आबको तुलनामा यो पटक बजेट घटेर आएकाले गाउँतहका योजना तथा कार्यक्रम धान्न बजेट अपुग भएको जनाउँदै साल्पासिलिछो गाउँपालिका प्रमुख महेश राईले आएकै बजेट अनुरुप जनतामुखी बनाएर विकास निर्माणका कामलाई अगाडी लैजाने ढंगले तयारी भईरहेको बताए । उनका अनुसार भौगोलिक हिसाबले अति विकट यस गाउँपालिकामा गतसालका अधुरा योजना तथा कार्यक्रमहरुलाई यसपटक समयमै गाउँसभा सम्पन्न गरी बजेट विनियोजन गरेर सोचेअनुरुप विकास निर्माणका कामहरुलाई स्फूर्त रुपले अगाडी बढाईने विश्वास लिएको सुनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार