सिसिटिभीको निगरानीमा भाेजपुर सदरमुकाम

  सिलिचुङ सम्बाददाता

भोजपुर । गत चैत्र ३० गते राती भोजपुर सदरमुकामको भोटेपसलस्थित एक सुनपसल सहित ३ वटा पसलमा करिब साढे ४ लाख बराबरको चोरी भयो । भोजपुर नगरपालिका ९, भोटेपसलस्थित कामना ज्वेलर्समा १ लाख १० हजार बराबरको सुन, चाँदीजन्य गरगहना चोरी भएको थियो । तर प्रहरी घटनाका दोषीलाई पक्राउ गर्न सकेन ।
यस्तै सदरमुकाम आसपासका क्षेत्रमा पछिल्लो वर्षहरुमा दर्जनौ लुटपाट, झैझगडा जस्ता आपराधिक क्रियाकलाप बढेसंगै जिल्ला प्रहरी कार्यालय भोजपुरले विभिन्न समयमा सुरक्षा सम्बन्धि कडाई गर्र्दै आईरहेको छ । त्यसैले भविष्यमा हुने सम्भावित आपराधिक गतिविधीको न्यूनीकरण र सुरक्षा व्यवस्थालाई कडाई गर्न नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरीको पहलमा भोजपुर सदरमुकामलाई सिसिटिभीको निगरानीमा राख्ने व्यवस्था गरेको छ ।

विशेषगरी सुरक्षाको हिसाबले बजार क्षेत्रको मुख्य भिडभाड हुने तथा व्यस्त स्थानहरुमा सिसिटिभी क्यामरा जडान गरिएको जनाईएको छ ।

जिल्ला प्रहरी कार्यालयमा ‘कन्ट्रोल रुम’ हुनेगरि भोजपुरका विभिन्न ७ स्थानमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । विशेषगरी सुरक्षाको हिसाबले बजार क्षेत्रको मुख्य भिडभाड हुने तथा व्यस्त स्थानहरुमा सिसिटिभी क्यामरा जडान गरिएको जनाईएको छ । सदरमुकामका चारभञ्ज्याङ, जिल्ला प्रहरी कार्यालय छेउ, स्थानिय भोजपुर टुँडिखेलको मोड, बैङ्करोड, च्याङ्बेनी चोक र जिरोप्वाईन्टमा सिसिटिभी क्यामेरा फिट गरिएका छन् ।
बजार क्षेत्रमा हुने सम्भावित दुर्घटनालाई कम गर्दै अन्य क्रियाकलाप अनुगमन गर्ने उद्धेश्यले सिसिटिभी क्यामेरा जडान गरीएको बताउँदै जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरिक्षक केशब कुमार थेबेले सिसिटिभी क्यामेरा जडानले बजारका व्यवसायी बैंक तथा वित्तीय संस्थाको सुरक्षा व्यवस्थामा सहजता मिलेको बताए ।
सिसिटिभी क्यामेरा राखेपछि प्रहरीलाई पनि नगरभित्रको सुरक्षा व्यवस्थापन गर्न सहज हुने मेयर कैलाश कुमार आलेले बताउँछन् । भने, ‘सिसिटिभी क्यामेरा राखेपछि प्रहरीलाई सहज हुने भएको छ । सिसिटिभी क्यामेराले भ्याउने स्थानहरुमा प्रहरीले डिउटी नगरीकन नै अनुगमन गर्न सक्ने भए । र क्यामेरा नभएका ठाउँमा डिउटी बाक्लो बढाउनुपर्छ ।’ सम्भावित आपराधिक घटनासंगै नगरक्षेत्रमा आगालागीको पनि त्यति नै खतरा भएकाले बाक्लो बस्ती रहेको स्थानहरुमा फायर ग्यास समेत राख्ने तयारी भईरहेको मेयर आलेले सुनाए ।
यस्तै कार्यक्रममा भोजपुरका प्रमुख जिल्ला अधिकारी हिरा देवि पौडेलले प्रविधि भन्दा पनि प्रवृतिमा सुधार ल्याउनुपर्ने बताउँदै प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले अधिकांश मानिसहरुका घरभित्र नै हिंसात्मक घटना घटिरहेकाले प्रविधिभन्दा प्रवृति नै सुधार गरी सचेत इमान्दारी बन्नुपर्ने जोड दिईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार