भोजपुर । भोजपुर हातेमालो समाज युएईले मोटरसाईकल दुर्घटनामा घाईते भएका एकजनालाई आर्थिक सहयोग गरेको छ । समाजले मोटरसाइकल दुर्घटनामा घाईते भएका हतुवागढी गाउँपालिका लुङ्गिन निबासी सुवास राईलाई ४३ हजार एक सय ९६ रुपैँया आर्थिक सहयोग गरेको हो ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित दाँया खुट्टाको प्लास्टर गरि थप उपचार गराईरहेका राईलाई उक्त आर्थिक सहयोग संकलन रकम प्रदान गरिएको उनकी दिदी एवम् समाजका प्रवक्ता काजल राईले जानकारी दिईन् ।
प्रस्तावक तथा समाजका केन्द्रिय उपाध्यक्ष सुवास बानु राईको संयोजकत्वमा केन्द्रीय समिति अबुधाबी, क्षेत्रिय समितिहरु अल ऐन र दुबईको संयुक्त पहलमा संस्थाका शुभचिन्तक, आजीवन सदस्यहरु तथा साधारण सदस्यहरु एवम् पदाधिकारीहरुमार्फत सहयोग रकम जुटाइएको समाजका केन्द्रीय महासचिव तीर्थ योन्जनले बताए ।