पाकिस्तानी मन्त्री अफिसमा सुतिरहेकी थिइन्, यसरी उडाइयो खिल्ली

पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खानको तहरीक–ए–इन्साफ पार्टीको सरकार सत्तामा आएको केही हप्ता मात्रै भएको छ । यसैबीच मानिसहरुले एक विशेष मन्त्रीको आलोचना गर्ने मौका पाएका छन् ।

इमरान सरकारले शिरिन मजारीलाई मानवाधिकार मन्त्री बनाएको छ । हालै, उनलाई आफ्नो अफिसमा सुतिरहेको अवस्थामा भेटियो । उनको एक तस्बिर सोसल मिडियामा निकै भाइरल भइरहेको छ ।

शिरिन मजारीको यो तस्बिर भाइरल भएलगत्तै मानिसहरुले सोसल मिडियामा उनको आलोचना सुरु गरेका छन् । ट्वीटरमा पाकिस्तानीहरुले उनको निकै खिल्ली उडाइरहेका छन् ।

ट्वीटरमा एक प्रयोगकर्ताले लेखिन्, ‘सबै मानवाधिकारलाई सुनिश्चित गर्दा गर्दै पक्कै पनि थाकेकी होलिन् ।’

डा। अफनान उल्लाहले लेखे, ‘मन्त्री शिरिन मजारी दिउँसो सुतेर मानव ऊर्जा बचाइरहेकी छिन् । मलाई लाग्छ कि यो उनको गल्ती होइन । मेरो मतलब यो हो कि तपाईं मानवाधिकार मन्त्रालयमा बसेर आखिर दिनभरी के गर्ने हो रु’

यस्तै, मिर्जा लेख्छिन्, ‘सबै कुरा ठिक छ तर फोटो छैन, यो पक्कै पनि खाजाको ब्रेक होला । यो फोटोले यो देखाउँछ कि अफिसमा कसैले गोपनियता उल्लंघन गरिरहेको । यो व्यक्तिले दस्तावेज पनि लिक गर्न सक्छ । यी व्यक्तिलाई पहिचान गरेर जागिरबाट निकाल्नुपर्छ ।’

उमर कुरैशीले लेखे, ‘मैले शिरिन मजारीको अफिसमा सुतिरहेको तस्बिर ट्वीट नगर्ने निर्णय गरें । हरेक व्यक्ति एकै हुन् र उनीहरुलाई कामका बेला पनि छोटो समयका लागि निदाउन छुट छ । हामी पनि यस्तै गर्छौं । उनलाई पनि थाहा छैन होला कि अफिसमा उनको तस्बिर कसले खिच्यो र सर्कुलेट गर्यो ।’

सरकारमा आउनुअघि मजारी इन्स्टिच्युट अफ स्ट्रेटेजिक स्टडिजमा डायरेक्टर जनरल थिइन् । यो संस्था रक्षा मामलाको एक थिंक ट्याङ्क हो । यसबाहेक उनीहरुले इस्लामाबादको कायद–ए–आजम युनिभर्सिटीमा प्राध्यापकको रुपमा आफ्नो सेवा पनि दिएकी छिन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार