सलमानले किन परिवर्तन गरे आयुषको फिल्मको नाम

बलिउडका सुपरस्टार सलमान खानले उनका बहिनी ज्वाईँ आयूष शर्माको फिल्म लवरात्रीको नाम परिवर्तन गरेका छन् । सलमान स्वयमले यस फिल्मको नाम परिवर्तन भएको कुरा उनको ट्वीटरमार्फत जानकारी दिएका छन् । अब यस फिल्मको नाम ‘लवयात्री’ राखिएको छ । यस फिल्मको नामलाई लिएर धेरै विरोधहरु भइरहेका थिए ।
सलमानले यस फिल्मको नाम लबरात्रि राखेर हिन्दु धर्मावलम्बीहरुको भावनामा ठेस पुर्‍याउन खोजेको आरोप लागिरहेको थियो । भारतको विहारस्थित मुजफ्फरपुरको एक अदालतले धार्मिक भावनालाई ठेस पुर्‍याउन खोजेको भन्दै सलमान माथि केस दर्ता गर्ने आदेश दिएको थियो । सलमान माथि अश्लिलता फैलाउन खोजेको आरोप पनि लगाइएको थियो ।

सलमानले ट्वीटरमा यस फिल्मको नयाँ पोस्टर रिलिज गर्दै लेखेका छन् ‘यसमा कुनै पनि स्पेलिङ गलत भएको छैन ।’

केहि दिन अघि यस फिल्मको नामलाई लिएर भएको विवादमा सलमानले एक कार्यक्रममा भनेका थिए कि ‘यो फिल्म एक प्रेम कहानीमा आधारित छ । तर केही व्यक्तिहरुलाई यस नाम प्रति आपत्ति छ । यस फिल्मका माध्यमबाट कुनै पनि धर्मलाई होच्याउन खोजिएको छैन ।’

तर चर्को विवादपछि सलमानले अन्ततः यस फिल्मको नाम परिवर्तन गर्नु परेको छ । फिल्म ‘लवयात्री’ २०१८ को अक्टुबर ५ मा रिलिज हुनेछ । प्रेम कहानीमा आधारित यस फिल्ममा सलमान खानका बहिनी ज्वाईँ आयुष शर्मा प्रमुख भूमिकामा छन भने उनको जोडीको रुपमा अभिनेत्री वरीना हसेन छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार