सोह्र हजार ६ सय ६३ अफगान शरणार्थी घर फर्के

काबुल । अफगानिस्तानका छिमेकी देशहरु पाकिस्तान र इरानबाट गत साता १६ हजार ६६३ जना अफगानी शरणार्थीहरु घर फर्किएको संयुक्त राष्ट्रसङ्घीय बसाइसराइ निकाय (आइओएम) ले बुधबार जानकारी दिएको छ ।

पाकिस्तानबाट सरकारी कागजबिनाका नौसय ६९ जना अफगान शरणार्थी अफगानिस्तान फर्किएका छन् । यो सङ्ख्या गत हप्ताको तुलनामा बृद्धि भएको आइओएमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अघिल्लो साता पनि कागजात नभएका ८९५ जना शरणार्थी पाकिस्तानबाट अफगानिस्तान फर्किएका थिए ।

यस्तै, गत साता १५ हजार ६६४ जना अफगान शरणार्थी इरानबाट फर्किएको आइओएमले जानकारी दिएको छ । गत हप्ता इरानबाट फर्किएका अफगान शरणार्थीको तुलनामा हालको यो सङ्ख्या १० प्रतिशतले बृद्धि भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

चरम हिंसात्मक द्वन्द्वका कारण अस्तव्यस्त रहेको अफगानिस्तानमा पाकिस्तान र इरानबाट गत जनवरी १ देखि हालसम्म ५ लाख ६१ हजार अफगान शरणार्थी घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार