भोजपुरमा स्थानीय तहको सूचना प्रवक्ताकै भरमा

  सिलिचुङ सम्वाददाता

भोजपुर । भोजपुरका अधिकांश स्थानीय तहमा तहले प्रवक्ता नियुक्ति गरी कार्यपालिकाको सुचना आदानप्रदान गर्दै आएको छ । ९ वटा स्थानीय तहमध्ये ७ वटा तहमा प्रवक्ता र २ तहमा सुचना अधिकारी राखिएको जनार्ईएको छ ।
२ नगरपालिका र ५ गाउँपालिकामा सुचना आदानप्रदानका लागि प्रवक्ता नियुक्ति गर्दा दुर्गम साल्पासिलिछो र रामप्रसाद राई गाउँपालिकामा भने सुचना अधिकारीको भरमा कार्यालयको सुचना प्रवाह हुने गरेको छ । यद्यपी अधिकांश तहको प्रवक्ताहरु तहका वडाध्यक्षलाई दिईएको छ भने आमचोक गाउँपालिकाको प्रवक्तामा गाउँपालिकाको कार्यालय सदस्यलाई बनाईएको छ ।
स्थानीय सरकार पुनः निर्माणपछिको पहिलो एकवर्ष कर्मचारीको चरम अभाव झेलेको साल्पासिलिछो गाउँपालिकामा आईटी अफिसरलाई सुचना अधिकारी तोकिएको छ । गाउँपालिका बनेपछि तोकिएको सुचना अधिकारीको डेढ महिनामै सरुवा भएपछि गाउँपालिकाको कार्यालय करिब ९ महिना सुचना अधिकारीविहिन बनेको थियो । ‘कर्मचारी नै विकट क्षेत्रमा आउन मान्दैनन् । आएका पनि काजको बहानामा सरुवा लिएर सुविधायुक्त क्षेत्रमा जाने प्रवृतिले कार्यकारी भरमा गाउँपालिका चलाउनुप¥यो । डेढ महिनामै पहिलेका सुचना अधिकारी सरुवा लिएर हिँडेपछि धेरै समयसम्म कार्यालय सुचना अधिकारीविहिन रह्यो ।’ गाउँपालिका अध्यक्ष महेश राईले सुनाए ।
सदरमुकाम रहेको भोजपुर नगरपालिकाले अन्यभन्दा फरक शैलीमा कार्यपालिकाको सुचना सम्प्रेषणका लागि प्रवक्ता नियुक्ती गरेको छ । नगरपालिकाले प्रत्येक वर्ष अलगअलग वडाका वडाध्यक्षलाई प्रवक्ता बनाएको जनाएको छ ।
पहिलो वर्षको कार्यकाल सकिन आँटेपनि नगरपालिकाले हालसम्मका लागि वडा नं १२, टक्सारका वडाध्यक्ष कुमार श्रेष्ठलाई नगरपालिको प्रवक्ता तोकेको छ । ‘हामीले नगर कार्यपालिकाको निर्णय बमोजिम नै वर्षेनी बेग्लाबेग्लै वडाध्यक्षलाई नगरपालिकाको प्रवक्ता राख्ने सहमति गरेका छौँ ।’ मेयर आलेले भने, ‘प्रवक्ताका साथै नगरपालिकामा प्रेस सल्लाहकार राख्ने निर्णय संघबाटै नआएपछि अहिलेसम्म प्रवक्ता र सुचना अधिकारीकै भरमा नगरपालिकाको सुचना सम्पे्रषण हुन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार