भोजपरे गायक भिषण मुकारुङको “खोर्सानी डल्ले..” यु ट्युबमा भाइरल (भिडियो सहित)

काठमाडौ । भोजपुरकाे अन्नपूर्णमा जन्मेका चर्चित गायक भिषण मुकारुङको सङ्गीत र स्वरमा रहेको ‘खोर्सानी डल्ले’ गीतको म्युजिक भिडियो यतिवेला भाइरल बनेका छन् । तक्मेबुढा युट्युब च्यानल मार्फत बजारमा आएको छोटो समयमै भाइरल बनेको हो ।
सार्वजनिक भएको केहि समयमा नै यु ट्युबमा धेरैले मन पराउनुको कारण स्वर र सङ्गीत र पृथक शैलीको शब्द, लय, साथै कलाकारहरुको  अभिनय रहेका कारण पनि भाइरल बनेको चर्चित गायक भिषण मुकारुङ्ग बताउँछन् । पुर्बेली लोकभाका र लिम्बु लयमा गाइएको यस गीतकाे म्युजिक भिडियोमा ‘कुल्फीवाला’ उपनामले चर्चामा अाएका मनकुमार राईले पनि ‘कुल्फी डाँन्स’ गरेका छन् । यसमा चर्चामा अाएका कलाकारहरूकाे कारण पनि याे गीत भाइरल बनेकाे गायक मुकारूङ बताउँछन् ।

‘खोर्सानी डल्ले’ बोलको गीतमा स्वर, शब्द र संगीत भिषण मुकारुङ आफैले भरेका छन् भने संगीत संयोजन राजु कार्कीले गरेका छन् । म्युजिक भिडियोमा रामचन्द्र अधिकारी ‘गोक्तेकाजी’, सुरवीर पण्डित ‘दाह्रीबा’, अरुणा कार्की, रेखा लिम्बु फागो, मनकुमार राई ‘कुल्फीवाला’ र विल्सनबिक्रम राई ‘तक्मेबुढा’ले अभिनय गर्दै छमछमी नाँचेका छन् । भिडियो छायांकन ज्ञानेन्द्र शर्माले गरेका छन्, भने म्युजिक भिडियोको निर्देशन ‘तक्मेबुढा’ विल्सनबिक्रम राईले गरेका हुन् ।
(भिडियो)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार