अन्र्तराष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा कार्यक्रम (फाेटाे फिचर)

  सिलिचुङ सम्वाददाता

भोजपुर । अन्र्तराष्ट्रिय सांकेतिक भाषा दिवसको भोजपुरमा औपचारिक कार्यक्रम आयोजना गरिएको छ । भोजपुर बहिरा संघको आयोजनामा दिवसका अवसरमा आईतबार जिरोप्वाईन्टदेखी भोजपुर नगरपालिका ९, पानीट्याङ्कीस्थित बहिरा विद्यालयसम्म ¥याली निकालिएको थियो ।
मेयर आलेले विविध चुनौतीका बावजुद पनि बहिरा विद्यालय स्थापना गर्नु भोजपुर नगरपालिकाको र आफ्नो पहिलो प्रयास रहेको भन्दै यसलाई निरन्तरताका लागि सबैको सहयोग रहने बताए । त्यस्तै कार्यक्रममा प्रजिअ पौडेलले पनि शिक्षाको उज्यालो घामबाट कोही पनि बञ्चित हुन नहुने भन्दै बहिरा विद्यालयको सह्रानीय कार्यको प्रशंसा गरिन् । हाल उक्त विद्यालयमा ७ जना विद्यार्थी रहेको संघका अध्यक्ष सिताराम ओझाले जानकारी दिए ।
कार्यक्रममा नगरपालिकाका मेयर कैलाश कुमार आलेको प्रमुख आतिथ्य र प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको विशेष आतिथ्यमा दिवस मनाईएको थियो । कार्यक्रममा नगरपालिका उपमेयर ममिता राई लगायत सरकारी कार्यालय र विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीको उपस्थिती रहेको थियो ।

  • फाेटाे फिचर :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार