नोबेलको निःशुल्क शिविरमा पाँच सय बिरामीको उपचार (फोटो फिचरसहित)

  सिलिचुङ समाचारदाता

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मोरङको बेलवारी–४ मा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढी बिरामीले निःशुल्क उपचार सेवा लिएका छन् । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्धेश्यले स्थानीय धिमाल टोलको श्रीजङ्गा आधारभुत प्राथमिक बिद्यालयमा आयोजित शिविरबाट ५ सय १७ जनाको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । 
शिविरमा १ सय ४५ जनाको भिडियो एक्सरे, ८५ जनाको ईसीजी र १ सय २१ जनाको ल्यावटेष्ट गरिएको नोबेल शिक्षण अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा उपचार सम्भव नभएका अर्थात गम्भीर प्रकृतिका २५ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको छ । रिफर भएका बिरामीलाई अस्पताल ल्याउँन नोबेलले नै गाडीको ब्यवस्था मिलाउँनेछ । अस्पतालमा रिफर भएर आएका बिरामीलाई कम्तिमा ५० प्रतिशत छुटसहित अवस्था हेरी निःशुल्क उपचारको ब्यवस्थासमेत मिलाईने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।

शिविरमा आँखा रोग, हाडजोर्नी तथा नसा सम्बन्धि समस्या र मेडिसिनमा बढी मात्रामा बिरामीले उपचार गराएका छन् । बालबालिकादेखि बृद्धबृद्धासम्म पनि उपचारका लागि शिविरमा आएका थिए । बिरामीको उपचारका लागि नोबेल अस्पतालबाट करिव दुई दर्जन डाक्टरहरुको टोली शिविरमा गएको थियो । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी नोबेलले नियमित रुपमा गाउँ–गाउँमा निःशुल्क शिविर सञ्चालन गर्दै आएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार