मेरी वास्सैमा ‘टंक र अशोकको पारिश्रमिक ३ लाख

काठमाडौं । ‘मेरी बास्सै’मा यो साता गायक तथा संगीतकार टंक बुढाथोकी र बालगायकद्वय अशोक दर्जी र एआर बुढाथोकी पुगेका छन् । यो साता गाउँमा गाउँको चर्चा र भलाईको लागि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा अशोक दर्जी, टंक बुढाथोकी, ए आर बुढाथोकी लगायतका कलाकारलाई निम्ता गरिएको छ ।

यही निम्ता स्विकारेर उनीहरु गाउँमा आयोजना भएको सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिन पुगेका छन् । कार्यक्रममा उनीहरुले लिने पारिश्रमिकको कुरा सुनेर बल्छी कान्लाबाट खसेका छन् । टंक र अशोकले तीन लाख पारिश्रमिक लिने कुरा सुन्ने बित्तिकै बल्छी कान्लाबाट खसेका हुन् ।

गाउँमा आयोजना भएको त्यस कार्यक्रमलाई कलाकार प्याकुली अर्थात जानुका पौडेलले सञ्चालन गरेकी छिन् । मेरी बास्सैमा कार्यक्रम सुरु हुनुभन्दा अगाडि भने प्रमुख अतिथिको लागि निकै लामो छलफल र बहस भएको छ । कार्यक्रममा काजी बा नै प्रमुख अतिथि बन्नु पर्छ भन्ने कुरा भइरहेको हुन्छ । तर अन्त्यमा कार्यक्रममा प्रमुख अतिथिको रुपमा भने सापटे काकालाई बोलाइन्छ ।

पछिल्लो समय मेरी बास्सैले नयाँ विषयबस्तुमा पुरानै स्वाद दिने प्रयास गरेको छ । यसका लागि पुरानै कलाकारहरु फर्काउने क्रम बढ्दो छ । केही हप्ता अघि मात्रै मेरी बास्सैमा मैयाँको पुनरागमन भएको छ ।

उनको आगमनले मेरी बास्सैले पहिलेको झल्को त दिएको छ । तर उनको अभिनय पहिलेको भन्दा बिग्रिएको प्रतिक्रिया पनि दर्शकको छ ।

भिडियाे

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार