भोजपुर । गतसाल असार १२ गते अरुण गाउँपालिका ३, प्याउली म¥याङडाँडास्थित रहस्यमय ढंगले हत्या गरिएका स्थानीय ८ बर्षिय प्रदीप फुयँल, १४ बर्षिया सुष्मा फुयँल र १५ वर्षिय रन्जित सापकोटाको परिवारले राहत र न्याय नपाएको गुनासो गरेका छन् । घटनाको दोषी पत्ता लगाउने र राहत दिने सरकारको आश्वास पाएका पिडीत परिवारले वर्षदिन बितिसक्दा पनि कुनै प्रतिक्रिया नपाएको बताएका छन् ।
छोराछोरीको रहस्यमय हत्या हुँदा कुनै पक्षबाट न्याय नपाएपछि गाउँबाटै विस्थापित भएर हाल ईटहरी हलगडामा बस्दै आएका मृतक प्रदीप र सुष्माका बाबु चेतनाथ र आमा निर्मला फुँयलले घटनाको दोषी लुकाउन खोजेको आरोप लगाएका छन् । ‘वर्षदिन पुग्दासम्म न दोषी पत्ता लाग्यो, न घटना सुल्झियो न त कुनै राहत नै पाईयो । सन्तान गुमाउनुको पिडा मात्रै थपियो ।’ उनले भने, ‘जस्तोसुकै भएपनि घटनाको ठोस निर्णयसम्म मात्र थाहा पाउनुपाए कमसेकम चित्त बुझ्थ्यो ।’ घरजग्गा त्यसै छोडेर उनी आफ्नी श्रीमती निर्मला, १३ वर्षिया छोरी सुस्मिता फुँयललाई लिएर ईटहरी हलगडामा बाबुआमासंगै बस्दै आएका छन् ।
गत ०७४ भदौमा सितलनिबास राष्ट्रपति विद्यादेवी भण्डारी र तात्कालिन गृहमन्त्री जनार्दन शर्माको ढोकासम्म घचघच्याउन पुगेपनि आश्वासनमै सिमित बचनले पिडीत परिवारलाई झनै पिडा पु¥याएको छ । घटनामा आफ्नो कान्छो छोरा रन्जित गुमाएका पिडीत रविन्द्र सापकोटाले तात्कालिन प्रजिअ गोमादेवी चेम्जोङले न्यायको पहल गरिरहने बताए पनि अहिलेसम्म कुनै पक्षले वास्ता नगरेको गुनासो पोखे । उनले वर्षदिन वितीसक्दासम्म घटना कहाँ जाँदैछ, के हुँदैछ भन्ने कुनै अत्तोपत्तो नपाएको सुनाए ।
घटनाको विषयमा चाँडो निष्कर्षमा पु¥याउन पिडीत परिवारले माग छ । न्याय र राहतको प्रतिक्षामा बसेका पिडीत परिवारले पटकपटक सम्बन्धित निकायसम्म विन्ती बिसाएपनि व्यावास्ता गरिएको उनीहरुको गुनासो छ । अरुण गाउँपालिकाले पनि घटनाको विषयमा चुस्त ढंगबाट घटनाको निचोड निकाल्न माग गरेको छ । गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर कार्कीले एकवर्ष वितिसक्दा पनि घटनाको कुनै ठोस नतिजा नआएको र घटनाको नयाँ ढंगबाट खोजी हुनुपर्ने बताएका छन् । उनले भने, ‘तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार रहँदा हाल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसंग पिडीत पक्षलाई न्याय र राहतका लागि हामी केन्द्रमा ५÷६ पटक दौडधुप ग¥यौँ । अहिलेसम्म कुनै सरकारी पक्षले यसमा चासो लिएनन् ।’
यता जिल्ला प्रहरी भोजपुरले मृतक तीन बालबालिकाको घटनाका मिसिलहरुका आधारमा ६५ जनाको कल डिटेल, सोधपुछ, २÷३ वटा लेखापढी गरिएको सुचना अधिकारी चरित्र बिक्रम कार्कीले जानकारी दिए । घटनास्थल पोखरीको पानी र मृतक बच्चाहरुको स्वास्नलीमा अड्किएको पानीका कणको ल्याब टेस्ट चलिरहेको जनाईएको छ । उता नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) का डिआईजी नारायणसिं खड्काले घटनाको मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता रहेकाले जिल्ला प्रहरीले नै फलोअप गरिरहने बताए । उनका अनुसार घटनाको प्रकृति हेरेर केन्द्रको आदेशमा आवश्यक परेको खण्डमा ब्यूरोले प्राविधिक सहयोग गर्ने बताए ।
तीन बालबालिकाको रहस्यमय हत्याको घटनापछि घटनाको अनुसन्धान गर्न तात्कालिन अञ्चल प्रहरी प्रमुख एसएसपी उत्तरकुमार कार्की र जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी काजीकुमार आचार्यको नेतृत्वको संयुक्त टोली खटेपनि प्रमाण जुटाउन सकेको थिएन । पछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिबिआई) का डिएसपी दधिराम न्यौपानेको नेतृत्वमा गत ०७४ साउन १३ गते टोली खटाईएको थियो । गत ०७४ असार १० गते शनिबार बेपत्ता भएका तीन बालबालिका दुईदिनपछि ०७४ असार १२ गते बिहान स्थानीय तोरन कार्कीको पोखरीमा मृत फेला परेका थिए ।