भोजपुरबाट काठमाडौसम्म सीधा बस सेवा सञ्चालन हुदै

  सिलिचुङ सम्वाददाता

काठमाडौँ । दशैमा घर जाने यात्रुको चापलाई मध्यनजर राख्दैै भोजपुरदेखि काठमाडौँसम्म सीध यातयात सेवा सुरु भएको छ ।
चोमोलुङ्मा यातयातले भोजपुरबाट काठमाडौँसम्म सीध बस चलाउन सुरु गरेका हुन् ।

बर्षातको समयमा भोजपुरतर्फको कच्ची बाटो बिग्रँदा गाडी चल्न समस्या हुने गरेको छ तर, भदौ पछाडि पानी पर्ने क्रममा कम हुँदै गएपछि भोजपुरबाट काठमाठौसम्म सीधै बस सञ्चालन हुन लागेको हो । दशैँ नजिकिएसँगै चोमोलोङ्गमा यातायात प्रालि भोजपुरबाट काठमाडौसम्म यात्रु बस चलाउन थालेका हुन् ।

चोमोलोङ्गमा यातायात प्रालिका दिवस थुलुङ राईका अनुसार दशैँका लागि यही २२ गतेबाट काठमाडौँबाट भोजपुर र भोजपुरबाट काठमाडौँका लागि १–१ वटा गााडी सञ्चालन गरिने छ । बसमा २ जना ड«ाइभरमा रहनेछ भने भोजपुर काठमाडौको भाडा दर २ हजार तोकिएको छ । त्यसैगरी टिकटका लागि काेटेश्वरेकाे १८ नम्बरकाे काउन्टरका साथै अन्य काउन्टरबाट उपलब्ध हुने थुलुङले बताए ।

थुलुङका अनुसार काठमाडौँबाट भोजपुरका लागि दैनिक दुईवटा फोर्स गाडी र एउटा डिलक्स बस सञ्चालन गर्नेछ । त्यसैगरी भोजपुरबाट पनि त्यतिकै संख्यामा गाडी गुड्ने छन् ।

कम्पनीले हाल ६ वटा फोर्स गाडी र दुईवटा डिलक्स गाडी काठमाडौँ–भोजपुर रुटमा सञ्चालनको तयारी गरिसकेको उनले बताए । थुलुङका अनुसार करिब ९० लाख रुपैयाँको लगानीमा यो रुटमा गाडी सञ्चालन गर्न लागिएको हो । फोर्सले १७ जना यात्रु बोक्न सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार