भोजपुर । नेपालीहरुको महान चाड दशैँ नजिकिएसंगै विगत पाँच महिनादेखी अवरुद्ध टेम्के मैयुङ गाउँपालिका १, तिम्मामा पर्नेे बाग्खोर तिम्मा ग्रामिण कृषि सडक (१० किलोमिटर) को मर्मत गरिएको छ । लामो समयदेखी पुनः मर्मतको काम नभएको उक्त सडकखण्ड दशैँलाई लक्षित गरेर वडा कार्यालयको समन्वयमा विगत १५ दिनअघिबाट बाटो स्तरोन्नतीको काम धमाधम थालिएको थियो ।
सडकको स्तरोन्नतीपछि दशैँका लागि चाहिने उपभोगीय खाद्यबस्तु, किरानाका सामानहरु ढुवानीमार्फत गाउँ पुगेपछि उक्त सडकखण्डले छुने तिम्माका बाग्खोर, झ्यालसिंगे, मुलखर्क, माझखर्क, सुम्लिखा, खम्बुखा, पाङखाङका स्थानीयहरुलाई सदरमुकाम धाउनुपर्ने सास्ती कम भएको छ ।
दशैँलाई लक्षित गरी पुनः स्तरोन्नती गरिएपछि उक्त सडकखण्डमा मालबाहक थोक किराना सामानहरु ढुवानी गर्ने सवारीसाधनहरु चल्न थालेका छन् । सामान्य नुनतेल लिन ६ कोष दुर कष्टकर बाटो धाएर सदरमुकाम आउने यहाँका स्थानीय सडक मर्मतपश्चात गाउँमा सजिलै सामान पुगेपछि हर्षित बनेका छन् । ‘दशैँ आएसंगै दशैँको सामान पनि घरमै आईपुग्यो । अहिले हाईसन्चो भएको छ ।’ तिम्मा खम्बुखाका छिवाबुङबाली राईले सुनाए, ‘सामान लिन ६ घण्टा धाएर सदरमुकाम जानुपर्ने समस्या हट्यो ।’
सडकको स्तरोन्नतीपछि दशैँका लागि चाहिने उपभोगीय खाद्यबस्तु, किरानाका सामानहरु ढुवानीमार्फत गाउँ पुगेपछि उक्त सडकखण्डले छुने तिम्माका बाग्खोर, झ्यालसिंगे, मुलखर्क, माझखर्क, सुम्लिखा, खम्बुखा, पाङखाङका स्थानीयहरुलाई सदरमुकाम धाउनुपर्ने सास्ती कम भएको छ । केहि महिनायता वर्षातका कारण यातायात चल्न ठप्प भएपछि कष्टै गरेर सदरमुकाम धाउने गरेको अर्का स्थानीय बाबुराम राउतले बताए । उनले भने, ‘बर्खामा बाटो विग्रिएपछि पैदल नै हिँडेर मुकाम जाने ग¥यौँ । भरियालाई पारिश्रामिक दिएर पसलका सामानहरु ल्याउँदै आएका थियौँ । धन्न, दशैँका बेला त्यस्तो सास्ती खेप्नु चैँ परेन ।’
चाडलाई मध्यनजर गर्दै उक्त सडकखण्डको स्तरोन्नती तिव्रता दिईएको थियो । सडक मर्मतपछि अहिले सामान ढुवानी गर्ने ट्रयाक्टर, मोटरसाईकलहरु सहज रुपमा सञ्चालनमा आएका छन् । विशेषगरि दशैँमा सर्वसाधरणका लागि आवतजावत गर्न सहज बनोस् भनेर उक्त सडकको मर्मत गरिएको स्थानीय मनिराज राई सुनाउँछन् । उनले अरुबेला जस्तो समस्या खेपेर पैदल धाउनुपर्ने बाध्यतालाई सहज बनाउनका लागि सडकको मर्मतमा जोडदार लागी परेको बताए । अहिले उक्त सडक मर्मतपछि यहाँका सर्वसाधारणलाई सहज बनेको छ ।