दशैँले सदरमुकाम सुनसान (फोटोफिचर)

  प्रदीपचन्द्र राई

दशैँ विदामा अधिकांश सदरमुकामबासी गाउँ गएपछि सुनसान बनेको भोजपुर सदरमुकाम । तश्विर/प्रदीपचन्द्र राई

 

भोजपुर । महान चाड दशैँको रौनक शहरमाभन्दा गाउँमा बढि छाएको पाईन्छ । शहरबजार क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिसहरु ग्रामिण भेगबाट काम, जागिर, पढाईका लागि सदरमुकाम कि त शहरबजार आएका हुन्छन् । दशैँको मनाउन र दशैँका विदाका लागि शहरबजार छोडेर गाउँ पस्नेको लर्को हुन्छ ।

सबै घरभाडामा बस्नेहरु दशैँ मनाउन घर गएकाले अहिले गल्लीगल्लीमा भुस्याहा कुकुर बाहेक अरु भेटिन्न । 

  1. शहरबजारका एकादुई घरधनीबाहेक बाँकी घरधनीहरु पनि आफ्ना परिवारको साथमा दशैँ मनाउन पुख्र्यौली गाउँघर जाने प्रवृतिले यतिबेला काठमाडौँ, विराटनगर, धरान, ईटहरी लगायत ठुला शहरहरु अन्यबेला भन्दा दशैँमा पातलिँदो हुन्छ । करिब ३ हजारको हाराहारीमा जनसंख्या रहेको भोजपुर सदरमुकाममै पनि करिब ९५ प्रतिशत मानिसहरु दशैँ मनाउन घर जानाले यतिबेला सदरमुकाम सुनसान बनेको छ ।


सदरमुकामको चारभञ्ज्याङ, विचबजार, डाँडागाउँ, बैङ्करोड, हटियालाईन, भोटेपसल लगायतका मानिसको निकै चहलपहल हुने स्थानहरु दशैँले सुनसान बनेको छ । सदरमुकामबासी एकादुई घरका मानिसहरुबाहेक यतिबेला सबैजसो घरहरु ताल्चा लागिएको स्थानीय विष्णु कुमारी राई सुनाउँछिन् । भनिन्, ‘सबै घरभाडामा बस्नेहरु दशैँ मनाउन घर गईहाल्छन् । अहिले गल्लीगल्लीमा भुस्याहा कुकुर बाहेक अरु भेटिन्न । दशैँ लाग्या छ ।’
पछिल्लो समय संघियताले निकै प्रभाव पारेको भोजपुर सदरमुकाममा दशैँ आउनु केहि दिन अगाडीसम्म गाउँगाउँबाट दशैँका लागि किनमेल गर्न आउने मानिसहरुको निकै चहलपहल थियो । लामो विदा हुने अधिकांश सरकारी, गैरसरकारी कार्यालयहरु, सरकारी तथा नीजि बैङ्कहरुमा कर्मचारीहरु चाड मनाउन घर जान्छन् । कार्यालयहरु पनि बन्द हुन्छन् । दशैँ आउनु केहि अगावै सम्पूर्ण काम सिध्याईने भएकाले लामो विदामा परिवार, आफन्तजन, नातागोता, ईष्टमित्रहरुसंग बसेर मिष्ठान्न भोजनको साथमा हर्षउल्लासले चाड मनाईने गरिन्छ । यसैले दशैँका बेला मुकामको चहलपहलमा सन्नाटा आउने स्थानीय सुनाउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार