इलाममा जडीबुटी प्रशोधन केन्द्र स्थापना

मङ्गलबारे । इलामको माई जोगमाई गाउँपालिकास्थित प्याङमा युवा व्यवसायी नित्यानन्द दाहालले जडीबुटी प्रशोधन केन्द्र स्थापना गरेका छन् । स्थानीय वन तथा निजी आवादीमा पाइने धूपी, धसिङ्गरेलगायतका वनस्पतिबाट औषधीय गुण भएका तेल निकालेर बिक्री गर्ने उद्देश्यले १६ लाखको लगनीमा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र स्थापना गरेका हुन् ।
गाउँघरमा खेर गइरहेका जडीबुटीको प्रशोधन गरी बिक्री गर्ने दाहालले बताए । यो उद्योगमा धूपी, धसिङ्गरेबाहेक मेन्या क्यामोमाइलजस्ता सुगन्धित जडीबुटीको प्रशोधन हुने दाहालले बताए । धूपीबाट उत्पादित तेल बाथ रोग र ढाड दुख्ने समस्या भएका व्यक्तिलाई उपयोगी हुने र मेन्थाको तेल दाँत, मुख र पेटमा समस्या भएकालाई उपयुक्त हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार