विप्लवसँग वार्ता गर्दै सरकार

सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक वार्ता समितिले नेत्र विक्रम चन्द नेतृत्वको नेकपासँग वार्ता गर्ने भएको छ ।

राजनीतिक असन्तुष्टि राखेर हिंडेका विभिन्न असन्तुष्ट पक्षसँग वार्ता गर्दै आएको समितिले चन्द नेतृत्वको नेकपासँग पनि छलफल गर्ने भएको हो । यसअघि समितिका संयोजक सोमप्रसाद पाण्डेले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग वार्ता गर्ने–नगर्ने बारे टुंगो नभएको बताउँदै आएका थिए ।

तर, समितिका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको निर्देशन अनुसार राजनीतिक माध्यमबाट सम्बोधन गर्ने तयारी बढाइएको छ । समितिले हालसम्म सशस्त्र समूहसँग वार्ता गरेको दावी गर्दै आएको छ ।

समितिले स्वतन्त्र मधेसको मुद्दा उठाउँदै आएको सिके राउत समूहसँग भने वार्ता नगर्ने स्पष्ट पारेको छ । सिके राउतको समूह राजनीतिक उद्देश्यले क्रियाशिल नभएको र उसको गतिविधि देश विखण्डनको पक्षमा देखिएकाले वार्ताको जरुरी नभएको समितिले बताउँदै आएको छ ।

यसैबीच नेकपामा संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ भ्रमिगत अवस्थाबाट सार्वजनिक जीवनमा आउने भएका छन् । नेकपाले काठमाडौंमा वृहत जनसभा गर्दै विप्लव सार्वजनिक हुने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार