निःशुल्क शल्यक्रियाले बृद्धबृद्धा दंग

  प्रदीपचन्द्र राई

आँखा शिविरमा शल्यक्रिया गराएपछि आराम गर्न बसेका विरामी । तश्विर सौजन्यः विजय तामाङ

भोजपुर । भोजपुर नगरपालिका बोखिमकी ८५ वर्षिया मनमाया राई निःशुल्क आँखा उपचार हुन्छ भनेर पुरानो डबली (टक्सार) आईन् । रेडियोमा निःशुल्क आँखा शिविर सञ्चालन हुने सुचना सुनैकै भरमा शिविरमा भर्ना भएकी मनमायाले मोतियाविन्दुको सफल उपचारपछि खुशी भईन् ।

शिविरबाट जिल्लाभित्र र बाहिरका सात सय ५० जना आँखाका विरामीले उपचार पाएका छन् । जसमा ९७ जना आँखाका विरामीलाई निःशुल्क शल्यक्रियाको पनि सहलियत प्रदान गरेको थियो ।

‘लौ आँखाको अपरेशन, त्यो माथि सित्तैमा पाईयो । अब अरुले झैँ राम्ररी देख्न, हेर्न पाउने भएँ ।’ मनमायाले हर्षित मुद्रामा सुनाईन् । संसार हेर्ने महत्वपूर्ण ज्ञानेन्द्रियमध्ये पहिलो अंग आँखाको ज्योती पुनः राम्रो भएपछि उनी आफ्ना नातिको हात समाई घर फर्किईन् । नेपाल नेत्रज्योती संघ भोजपुर र आँखा तथा कान उपचार केन्द्र भोजपुरले संयुक्त रुपमा आयोजना गरेको निःशुल्क आँखा शिविरले आँखाका विरामीलाई निःशुल्क उपचार सेवा दिएको छ ।
उक्त तीनदिने निःशुल्क आँखा शिविरबाट जिल्लाभित्र र बाहिरका सात सय ५० जना आँखाका विरामीले उपचार पाएका छन् । जसमा ९७ जना आँखाका विरामीलाई निःशुल्क शल्यक्रियाको पनि सहलियत प्रदान गरेको थियो । शरिरको अति संवेदनशिल अंगमध्ये एक आँखाको उपचारका लागि मंहगो खर्चेर ठुला शहरमा धाउनुपर्ने बाध्यता हटेको सुनाउँदै छिमेकी जिल्ला खोटाङ दिक्तेल लामाखुका ५९ वर्षिय जितबहादुरले खुशी हुँदै भने, ‘अरुबेला उस्तै उपचार गर्नुपरे धरान, विराटनगर, काठमाडौँ जानुपथ्र्यो । तर यो शिविरमा आँखा जस्तो उपचार सित्तैमा पाएपछि खर्च जोगिएको छ ।’
भविष्यमा यस्ता आँखा लगायत अन्य स्वास्थ्य उपचारको शिविर गाउँगाउँमा सञ्चालन गरिए ग्रामिण भेगका निमुखा सर्वसाधरणलाई ठुलो राहत पुग्ने हेलौँछाका प्रमलमु शेर्पा बताउँछन् । उनले यस्ता निःशुल्क स्वास्थ्य शिविर बेलाबेला ल्याए गरिब गाउँलेलाई जिवन उपकार गर्ने स्वास्थ्य सेवाको महसुस गर्ने बताए ।
जिल्लामा निःशुल्क स्वास्थ्य शिविरबाट यति धेरै विरामीको संख्यामा उपचार तथा शल्यक्रिया भएको यो पहिलोपटक हो । यो शिविरबाट लाभान्वित सबै सर्वसाधरणबाहेक आगामी दिनमा यस्ता स्वास्थ्य शिविर आयोजना गरिने आँखा चिकित्सक विजय तामाङले बताए । आँखा शरिरको एकदम महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेको उनको भनाई छ ।
बिहिबारबाट सुरु उक्त तीन दिने निशःुल्क आँखा शिविरमा आँखामा मोतीबिन्दु, मासु पलाएको लगायत रोगहरुको निःशुल्क शल्यक्रिया लगायत आँखासम्बन्धि सम्पूर्ण उपचारहरु निःशुल्क प्रदान गरिएको थियो । शिविरमा जेष्ठ नागरिकलाई विशेष छुट रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार