मिडिया भन्दा केही पर छिन् मोडल स्मीता थापा । तर, सोसियल मिडियामा अधिक नजिक । त्यसैले उनी कहाँ छिन्, के गर्दैछिन् भन्ने उनले दिएका लिखित सूचनाको ह्रास हुँदैन ।
‘क्लिभेज’ उनको सौख जस्तो छ । प्रायः तस्बिरहरूले नै त्यसको व्याख्या गर्छन् । तर, उनको विचार पनि खुला छ भन्नेचाहिँ उनले सोसियल मिडियामा जे–जे लेख्छिन् त्यसले प्रस्ट्याउँछ ।
स्मीताका कतिपय खुला र प्रस्ट सोच उनका फेसबुक स्ट्याटसमा उल्लेख छन् । उनी जीवन जीउने तरिका, मनोरञ्जनको कारक र कारणसँग पनि प्रस्ट छिन् । र त कहिलेकाहीँ लभबाइटसहितको तस्बिर राख्दै लेख्छिन्– मैले तिमिलाई माया गर्ने शैली तिमीले मलाई उत्ताउलो महशुस गराउने बाटो हो ।
सहरभरी कति मान्छे छन्, तिनले कस्ता व्याख्या गर्छन् भन्ने विषयमा पनि उनलाई कुनै प्रवाह छैन । त्यसको पुस्ट्याँई पनि उनी ‘मान्छेहरूले मेरा बारेमा के सोच्छन् त्यो मेरो सरोकारको विषय होइन’ लेखेर गर्छिन् ।
हालै मात्र उनी विदा मनाउन भनी माल्दिभ्स पुगेको पनि सार्वजनिक गरेकी छन् । त्यहाँ उनी सेतो र पहेंलो पहिरनमा आकर्षक देखिएकी छन् । तस्बिरहरू सार्वजनिक गरेकी उनी आफूलाई मन नपराउनेहरूका लागि पनि कडा जवाफी बनेकी छन् । लेख्छिन्,‘जो मान्छेले मलाई मन पराउँदैन, आरामले मन नपराए हुन्छ । म हर कोहीलाई मेरो माया र सम्मानको लायक ठान्दिन ।’
उनी खुसी जीवन बाँचिरहेको प्रतीतचाहिँ उनले लिने वियर वा वाइनको चुस्कीको तस्बिरसँगै राखिएको क्याप्सनले पनि प्रस्ट्याउँछ । एक बिहान उनले लेखेकी छन्,‘हरेक सफल ह्याङओभरका अगाडी, फेरि कहिल्यै नपिउने कसम पनि हुन्छ ।’
नेपाली मोडलिङ उद्योगमा खुलेर तस्बिर खिचाउने यदाकदा युवती मध्ये उनी पनि एक हुन् । आजभोली नेपाली मनोरञ्जन उद्योगमा खुल्ने धेरै छन्, खुलाउन प्रेरित गर्ने मध्येकी एक उदाहरणचाहिँ स्मीतालाई पनि मानिन्छ । तर, आजभोली उनी व्यावसायीक क्यामेरा, म्युजिक भिडियो, फिल्म वा पर्दा भन्दा केही पर छिन् ।