भारतको महाराष्ट्रमा ३ वर्षमै १२ हजार बढी किसानले गरे आत्महत्या

नयाँदिल्ली : सन् २०१५ देखि २०१८ सम्मको अवधिमा भारतको महाराष्ट्रमा मात्रै १२ हजार भन्दा धेरै किसानले आत्महत्या गरिसकेका छन् ।

न्यायीक निकायबाट शुक्रबार जारी एक रिपोर्टले १२ हजार २१ जना किसानले आत्महत्या गरेको तथ्यांक सार्वजनिक भएको हो । जसमध्ये ६ हजार ८ सय ८८ जना किसानले सरकारी अनुदान पाएकै थिएनन् ।

यस अवधिमा १ सय ९२ किसानले मात्रै आर्थिक सहायता पाएको सरकारले जनाएको छ । भारतका विभिन्न क्षेत्रमा हरेक वर्ष सयौंको संख्यामा किसानले आत्महत्या गर्ने गरेको तथ्यांक छ । ऋण तिर्न नसक्दा र बजार भाउ नपाउँदा किसानहरु आन्दोलित हुँदैआएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार