करेन्ट लागेर एकको मृत्यु

  सिलिचुङ सम्बाददाता

 

भोजपुर । भोजपुरमा करेन्ट लागेर एकजनाको घटनास्थलमै ज्यान गएको छ । भोजपुर नगरपालिका ११, आम्तेकस्थित एक सामुदायिक विद्यालयको छानोमा रहेको विजुलीको नांगो तार हटाउने क्रममा स्थानीय ३५ वर्षिय शम्भु विसुंखेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
मंगलबार दिउँसो करिब ३ बजेतिर स्थानीय लक्ष्मी आधारभुत बिद्यालयको भवन निर्माणका क्रममा भवनको छानामा रहेको बिजुलीको नाङगो तारमा छुदाँ करेन्ट लागेर विसुंखेको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर ल्याईएको र घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार