भारत प्रशासित कश्मीरमा धारा ३७० हटाएको विरोधमा पाकिस्तानले लगातार आवाज उठाइरहेको छ र भारतको यो कदमको निन्दा गरिरहेको छ।
पाकिस्तान अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउने प्रयास गरिरहेको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशी चीन पुगेका छन् जहाँ उनले चीनका विदेशमन्त्री वाङ्ग यीसँग भेटवार्ता गरेका छन्।
यता लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि चीन रुष्ट छ र उसले आफ्नो धारणा भारतसामु राखिसकेको छ । पाकिस्तानका विदेशमन्त्रीले चीनका विदेशमन्त्रीसँग भेटवार्तापछि भनेका छन् कि, चीनले भारतको आक्रामक रवैयाका कारण जम्मू कश्मीर क्षेत्रका मानिसहरु खतरामा परेको मानेको छ।