अपडेटः भोजपुर बस दुर्घटनामा परेका तीन जनालाई धरान लगियो

  सिलिचुङ समाचारदाता

भोजपुर । भोजपुरमा बस दुर्घटनामा घाईते भएका ३ जनालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । गम्भिर घाइते भएका झापा हल्दीवारी गाउँपालिका–५ का वर्ष ३० का सहचालक अर्जुन लिम्वु, मोरङ रतुवामाई–७ घर भएकी २१ वर्षीय सविना गौतम भट्टराई र भोजपुर नगरपालिका–९ वस्ने २४ वर्षीय मनिषा श्रेष्ठलाई थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
वाँकी ५ जनाको भने जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा भोजपुर नगरपालिका–३ की २२ वर्षीय संगिता प्रधान, १७ वर्षीय अस्मिता श्रेष्ठ, ३१ वर्षीय गोविन्द प्रधान र सोही वडाका ११ वर्षीय वालक विवेक श्रेष्ठको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आइतवार विहान भोजपुरको अन्नपूर्णबाट विराटनगरको लागि छुटेको मे १ ख ३१६४ नम्बरको बस मध्यपहाडी लोकमार्गका अन्र्तगत गुप्तेश्वर र सिद्धेश्वरको सिमानमा पर्ने चप्पिरे खोला नजिकै ट्रनिङ्ग काट्ने क्रममा बस भित्तमा ठोकिइ अनियन्त्रित भइ पल्टिएको थियो । बसमा सवार १२ जना मध्ये १० जना घाइते भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार