भाेजपुरमा चाडबाडलाई लक्षित गर्दै बजार अनुगमन

  सिलिचुङ सम्बाददाता

भोजपुर । नजिकिएको महान चाड दशैँतिहारलाई लक्षित गर्दै भोजपुर नगरपालिकाले बजार अनुगमन गरेको छ । सदरमुकाममा सञ्चालित ८७ वटा पसल, होटलमा नगरपालिकाले गरेको अनुगमन क्रममा भेटिएको साढे ९ हजार बराबर अखाद्य बस्तु पनि नष्ट गरिएको छ ।
उपमेयर ममिता राईको संयोजकत्वको अनुगमन टोलीले सदरमुकामको भोटेपसल, विचबजार, पोखरेलाईन, बैङ्करोड, डाँडागाउँ, बसपार्क, हटियालाईन लगायत स्थानहरुमा सञ्चालित दर्जनौ किराना, मासु पसल तथा होटलहरुमा अनुगमन गरेको थियो ।

चाडपर्वका बेला अखाद्य सामानको उपभोगले सर्वसाधरणको स्वास्थ्यमा पुग्ने गम्भिर असरलाई ध्यानमा राख्दै अनुगमन गरिएको उपमेयर राईले बताईन् । यसका साथै अनुगमनका क्रममा दर्ताविनै सञ्चालनमा रहेका पसल तथा होटलहरुलाई आधिकारीक रुपमा व्यवसाय दर्ता गरि सञ्चालन गर्न पनि सुझाव दिईएको उपमेयर राईले बताईन् । नगरपालिकाले अगुवाईमा हरेक महिना बजार अनुगमन हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार