फष्ट रैफल गणको विपद्प्रतिकार्य तालिम (फोटो फिचर)

  सिलिचुङ समाचारदाता

भोजपुर । भोजपुरको पौवादुङ्मा गाउँपालिका वडा नम्बर –३ च्याङ्ग्रेमा विपद्प्रतिकार्य तालिम सम्पन्न भएको छ । फष्ट रैफल गण भोजपुरको आयोजनामा च्याङ्ग्रेमा ४ दिने विपद्प्रतिकार्य तालिम सञ्चालन गरिएको हो । जिल्लामा तैनाथ रहेको फष्ट रैफल गणले विपद्को बेलामा सावधानी अपनाई नागरिकको जिउधनको क्षतीलाई न्युनीकरण गर्नका लागि तालिमको आयोजना गरिएको फष्ट रैफल गण भोजपुरका क्याप्टेन किशोर खड्काले जानकारी दिनु भयो ।

४ दिन सम्म सञ्चालन भएको तालिममा स्थानीय समुदायका नागरीकलाई बिपद्प्रतिकार्य तालिमको दौरान स्थानिय समुदायलाई आगलागी‚ भुकम्प‚ पहिरो र बाढी जस्ता प्राकृतिक प्रकोपबाट बच्ने उपायहरु साथै स्थानिय स्तरमा उपलब्ध साधन स्रोतहरुको प्रयोग गरी बिपदको बेला आफु कसरी बच्ने र उद्धारको काम गर्न भन्ने जानकारी दिइएको छ ।
भोजपुर बिपदको दृष्टिकोणबाट जोखिम रहेकाले वर्षभरीको योजना बनाएर प्रत्येक महिना १र१ वटा पालिकामा ४ दिने विपद्प्रतिकार्य तालिम संचालन गर्ने योजना बनाएको गणका क्याप्टेन खड्काले बताउनु भयो । यस अघि गणले भोजपुरको हतुवागढी गाउँपालिकाकामा सञ्चालन गरेको थियो । तालिममा सहभागी स्थानीयले तालिमबाट विपद्का बेला अपनाउने पर्ने सावधानीका विषयमा जानकारी पाएकोमा खुशी व्यक्त गर्दै गाउँघरमा आइपरेका विपद्का घटनामा सक्रिय सहभागीता जनाई जिउ धनको रक्ष गर्नका लागि सधै सक्रिय सहभागीता जनाउने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार