कात्तिक ९ मा नेकपा भोजपुरको चियापान, सर्नुकाे कारण यस्ताे छ

  सिलिचुङ सम्बाददाता

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुरले आगामी कार्तिक ९ गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । वडादशैं, शुभदिपावली, उधौली, नेपाल सम्वत ११४०, ल्होसार तथा छठ पर्व २०७६ को अवसरमा उक्त कार्यक्रम आयोजना हुने नेकपा भोजपुरले जनाएको छ ।

दिउँसो ११ बजे जिल्ला समन्वय समितिको भवनमा हुने कार्यक्रमको प्रमुख अतिथी प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई रहने नगर कमिटी भाेजपुरका सचिव शरण तामाङले जानकारी दिए । नगर कमिटी भोजपुरको आयोजनामा हुने कार्यक्रममा उपस्थितीका लागि जिल्लावासी सबैलाई निमन्त्रणा गरिएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार