भोजपुरमा साढे ४१ हजार गाँजाको बोट प्रहरीले नष्‍ट गरे

भोजपुर । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका क्षेत्रमा अवैध रूपमा लगाइएको ४१ हजार पाँच सय बोट गाँजा नष्ट गरेको छ ।

प्रहरीले हतुवागढी–८, बारीगाउँ र ९ नम्बर वडा हसनपुरको मचुवाटार, कोल्टार क्षेत्रमा करीब ५५ रोपनी बाझो पाखा बारी र ऐलानी जग्गामा स्थानीयले लगाएको ठूलो परिणामको गाँजाको बोट फडानी गरेका जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रमुख डीएसपी नरबहादुर सलामी मगरले बताए ।

प्रहरीले गाँजा नष्ट गर्ने क्रममा गाँजा खेती तथा ओसारपसारको गर्न नर्सरीसमेत तयार पारेको फेला पारेको छ । लागु औषध नियन्त्रण अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय घोडेटारका प्रहरी निरीक्षक जसबहादुर लिम्बु र सशस्त्र प्रहरी बेसक्याम्प यूँका सशस्त्र प्रहरी निरीक्षक रितबहादुर बस्नेतको नेतृत्वमा त्यस क्षेत्रमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रमुख डीएसपी मगरले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार