मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना

  सिलिचुङ सम्बाददाता

सङ्खुवासभा । आगामि मंसिर १४ गते हुने उपनिर्वाचनको लागि सङखुवासभामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम खाँदबारी स्थित जिल्ला समन्वय समितिको कार्यालय संगै र निर्वाचन अधिकृतको कार्यालय मकालु गाउँपालिका वडा नं ५ को भवनमा रहने गरि दुवै स्थानमा बुधबार कार्यालय स्थापना गरिएको हो ।
खाँदबारी नगरपालिका वडा नं ३ को वडाअध्यक्षको लागि हुने उप निर्वाचनमा जिल्ला न्यायाधीश शान्ति कुमार आर्चायलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ भने मकालु गाउँपालिकाको अध्यक्षको लागि हुने निर्वाचनलाई जिल्ला न्यायाधिवक्ता तिलक वहादुर कार्कीलाई निर्वाचन अधिकृत तोकिएको छ ।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै न्यायाधीश शान्ति कुमार आर्चायले जनतालाई अधिकार सम्पन्न बनाउने अभियानमा रहेको भन्दै चुनावलाई सफल बनाउन सबैलाई आग्रह गरे । नागरिकहरुलाई उत्साहित बनाउदै भयरहित बाताबरणमा चुनाब गर्नुपर्ने दायित्व रहेको र यसमा बढी राजनितिक दलहरु जिम्मेवार बन्नुपर्ने उनको भनाई छ ।
जिल्ला समन्य समितिका प्रमुख सुमन शाक्यले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दलहरूसँग सहयोग गर्न आग्रह गरे । निर्वाचन निष्पक्षरुपमा सम्पन्न गर्न आचारसंहिता पालना गर्न दलहरूसँग आग्रह गरे।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलालले चुनाबलाई भयरहित बाताबरणमा सम्पन्न गर्ने सबैको दायित्व भएको बताए । भयरहित बाताबरणमा चुनाव हुने र सुरक्षामा कसैसँग कुनै सम्झौता समेत नहुने भन्दै उनले जनताहरुलाई ढुक्क हुन आग्रह गरे ।
कार्यक्रममा नेकपा जिल्ला कमिटिका अध्यक्ष हेमराज घिमिरे र नेपाली काग्रेश जिल्ला सभापति दिपन कुमार श्रेष्ठले निर्वाचनलाई भयरहित, शातिपुर्ण र निष्पक्ष बनाउनको लागि आफुहरु पनि लागि पर्ने प्रतिवद्धता जनाए । उनिहरुले दुवै पाटिले निर्वाचनलाई शान्तिपुर्ण बनाउनको लागि कुनै कसर बाकि नराख्ने बताए ।
उपनिर्वाचन हुने मकालु गाउँपालिकामा ९ हजार १ र खाँदबारी नगरपालिका वडा नं ३ मा १८ सय २२ मतदाता छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार