भोजपुर । भोजपुर अरूण गाउँपालिका– ६ जरायोटारका रणबहादुर विश्वकर्मा, बाबुराम विश्वकर्मा र भरत विश्वकर्मा सोमबार साँझ आफ्ना पशु चौपाया राम्ररी बाँधेर सुतेका थिए।
मंगलबार बिहान उठ्दा भने उनीहरूका खोरमा बाख्रा त थिए ती ज्युँदा थिएनन्। यी तीन किसानका सात वटा बाख्रा भुइँमा लडेका थिए। उनीहरूको शरीर एकातिर टाउको अर्कैतिर थियो।
भिडियाे
कसैले राति आएर उनीहरूका बाख्रालाई खुकुरी हानेको रैछ। बाख्रालाई खुकुरी हान्नेले मान्छेलाई के गर्ला भनेर उनीहरूलाई डर लाग्यो। गाउँले बोलाए। प्रहरी डाके।
मंगलबार उनीहरूका बाख्रा कसले मार्यो भन्ने पत्ता लागेन। प्रहरीले बाख्रा मार्ने को हुन् भनेर अनुसन्धान सुरू गर्यो।
जिल्ला प्रहरीका कार्यालयका प्रहरी उपनिरीक्षक सन्तोष निरौलाको टोलीले बुधबार बाख्रा मारेको आरोपमा दुई जनालाई पक्राउ गर्यो। पक्राउ पर्नेहरूमा उनीहरूका छिमेकी धनबहादुर र अर्जुन विश्वकर्मा थिए।