भोजपुर । माया पिरतीको धेरै गीतमा आफ्नो मिठासपूर्ण स्वरका धनि भिम थापा मगरको “आउन प्यारी लाउँन अर्गानिक माया” भिडियो दक्षिण कोरीयाको चिनो अर्गानिक माया लिएर हामी सामु झुल्किएका छन्। किलियर छ वचन मेरो, हाकाहाकी वोल्छु, पिरतीको चाबिले त्यो दिलको ताला खोल्छु जस्ता गीत दर्शक सामु चर्चा बटुलिसकेका मगरले अर्गानिक मायाले कतिको खोल्न सक्छ त्यो भने हेर्न बाँकी छ।
वास्तवमा उनका बजारमा आएका गीतले दुःख र पीडाको बीचमा मलमको माध्यम बन्ने गरेको अनुभूति सहजै रुपमा गर्न सकिन्छ । जन्मथलो भोजपुर भएपनि हाल वैदेशिक रोजगारका लागि दक्षिण कोरियमा पसिना बगाउँदै गीत संगितमा रमाइरहेका भिमले आजका युवा पुस्तालाई कम्मर भाची–भाची नचाउने खालको गीत बजारमा ल्याइसकेका छन् ।
रोमान्टिक डान्समा रमाउने युवा पुस्तालाई मध्यनजर गरी ल्याएको गितको बोल रहेको छ “आर्गनिक माया” साच्चिकै गितको बोलमा भने जस्तै आर्गनिक माया कति सम्म दिन सक्ने हुन् उनै भिम थापाको गित सुनेपछि मात्र थाहा हुनेछ।
भिम थापाको भिडियोमा सुजन मार्पा तामाङ र कविता नेपालीको अभिनय रहेको छ भने धनु ग्यान्गमी मगरको संगित र डि.पि.खनालको शब्द र एकान्त मगरले भिडियो निर्देशन गरेका छन् ।
भिडियाे सहित