धरान । उप–निर्वाचन आउनै लाग्दा भोजपुरका नेकपाका नेताहरु धरान उपमहानगरपालिकाको मेयरमा प्रकाश राईलाई जिताउन धरान पुगेका छन् । भोजपुर थातथलो भई धरान बस्दैं आएका भोजपुरेहरुको घर–घरमा उमेदवार प्रकाश राईको पक्षमा भोट माग्न धरारन पुगेका हुन् ।
अभियानका लागि नेकपाको केन्द्रीय सदस्य जयन्ती राईको संयोजकत्वमा घरदैलो टोली बनाएको भोजपुर सरोकार समाजकी अध्यक्ष कमला राईले जानकारी दिइन । टोलीमा नेकपाका क्रन्द्रीय सदस्य हरिबहादुर राई, संविधानसभा सदस्य किरण राई, नेकपा जिल्ला कमिटी भोजपुरका अध्यक्ष प्रेमकुमार राई, जिल्ला कमिटी सदस्य धुर्वराज राईलगायत रहेका छन् ।
धरान १८ नेकपा पार्टी कार्यालयमा बसेको वैठकले मंसिर १४ सम्म धरानमा बसेर भोजपुरबाट धरानमा आएका स्थानीयहरुसँग भोट माग्ने अभियान शुरु गरिएको केन्द्रीय सदस्य जयन्ती राईले जानकारी दिइन् । भेलामा प्रदेश माननीय सावित्री श्रेष्ठ, नेकपा प्रदेश सदस्य डिवि शाह शंकरलगायतको उपस्थिति रहेको थियो ।