प्रदेश १ का प्रहरी कार्यालयका असई रुद्र खड्का कार्तिक महिनाको उत्कृष्ट प्रहरी

विराटनगर । कार्तिक महिनाको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुसन्धानमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्र बहादुर खड्का सर्वोत्कृष्ट प्रहरीमा घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले खड्कालाई कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
१ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।
विभागीय मुल्य मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ रुपमा काम गर्दै बम बिष्फोटनको घटना घटाई आम नागरिकहरुमा आतंक फैल्याउने कार्य गरी फरार रहेका ब्यक्तिलाई कानुनी दायरामा ल्याउन उनले भुमिका खेलेको भन्दै पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालय रिबटनगरले जनाएको छ ।
सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले सहायक निरीक्षक रुद्र बहादुर खड्कालाई उत्कृष्ट प्रहरीको रुपमा घोषणा गरेको हो । खड्काले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै २०७६ साल कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार