काठमाडाै । किरातीहरुको महान राष्ट्रिय चाड “चासोक तङ्नाम ÷साकेला उधौली ÷ रापावा श्यादर पिदार ५०७९को अवसरमा राष्ट्रिय कलाकारको साथ कतारमा भब्यरुपमा मनाइने भएको छ । कतारमा रहेको तीन किराती सस्थाहरु किरात याक्थुम चुम्लुङ कतार, किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारको सांगीतिक कार्यक्रम डिसेम्बार २० मा आयोजना गरिएको हो ।
नेपालबाट चर्चित तथा लोकप्रीय कलाकारहरु आमन्त्रित गरि सधै हर्षउल्लाहसपूर्ण तरिकाले विगतका बर्षहरु देखि नै मनाईद आईरहेका छन । यस पटक पनि लोकप्रिय गायिका कला राई, महेश सुनुवार मुखिया तथा तिर्सना नेम्वाङको जोडदार गायन प्रस्तुती संगै स्थानिय कलाकारहरुको मौलिक संस्कृतिक झाकी केलाङ, साकेला शिली, स्यादर सिल लगायत मनोरञ्जनात्मक जोडदार संस्कृतिक प्रस्तुतिको साथमा यहास्थित विभिन्न संघ संस्थाहरुको बाक्लो आतिथ्य र उपस्थितिमा भव्यरुपमा आयोजना हुने आयोजनामा कियाचुका अध्यक्ष राजेन्द्र साम्याङखामले बताउनुभयो ।
विगतका परम्परा भन्दा फरक यसपालीको कार्यक्रममा किराती संस्थाहरु मध्यकै एक किरात याक्थुम चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्य रहने भएको छ ।
प्रवासमा रहेर पनि किराती सस्कार संस्कृती प्रबर्द्धन गर्दै जादा यस्तो कार्यक्रम अझ प्रभावकारी र महत्वपूर्ण रहने र आफ्नो मुलुक भन्दा परको देशमा रोजगारको सिलसिलामा रहदा आफ्नोपन आफ्नो सस्कारमा यसरी रमाउन पाउदा निकै खुशि र आनन्दीत भई दुःख भुल्ने दोहा बासिहरुको भनाई रहेको संयोजक राजेन्द्र साम्याङखामले बताउनुभयो ।
कार्यक्रममा किरात तथा नेपाली दाजुभाई तथा दीदी बहिनिहरुमा गरिमामय उपस्थिति भइदिनुहुन समेत अनुरोध गरिएको आयोजक जनाएको छ ।