भोजपुरमा रुखबाट लडेर बृद्धको मृत्यू

  सिलिचुङ सम्बाददाता

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका १, नेपालेडाँडाको डाँडागाउँस्थित रुखबाट लडेर एक बृद्धको घटनास्थलमै मृत्यू भएको छ । रुखबाट लडेर स्थानीय ६० बर्षीय ऋषिधन सार्कीको मृत्यु भएको प्रहरी जनाएको छ ।

बुधबार बिहान करिब साढे १० बजेतिर घर छेउको रुखमा चढेर घाँस झार्ने क्रममा उनको लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी टोली खटि कानूनी प्रकृयाका साथै घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार