कोइराला निवासबाट पौडेलले भने- पार्टी धरापमा पर्‍यो

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशन कार्यतालिका र विधान मिचेर गरिएको विभाग गठन  निर्णय सच्याउनुपर्ने अडान राखेका छन्।

महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई दायाँबायाँ राखेर पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीलाई धरापमा पार्ने निर्णय गराएको आरोप लगाए।

सभापति देउवाले आफू पक्षका केन्द्रीय सदस्यको उपस्थितिमा शुक्रबार केन्द्रीय समितिबाट १४ औं महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा गर्ने र २८ विभाग बढाएर ४७ वटा बनाउने निर्णय गराएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार