ईन्सेक भोजपुरको बार्षिक पूर्व समिक्षा सम्पन्न

  सिलिचुङ सम्बाददाता

ईन्सेक भोजपुरको बार्षिक समिक्षा कार्यक्रम

 

भोजपुर । वर्षभरि जिल्लाभित्र घटेका घटनाहरूको समिक्षा गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो । सन् २०१९ को जनवरीदेखि हालसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७५ वटा घटनाको समिक्षा गरिएको हो ।
जसमध्ये बलात्कारका १५, बलात्कार प्रयासका ९, कर्तव्य ज्यानका १०, घरेलु हिंसाका १३, कुटपिट तथा गालीगलौजका ७, बहुविवाह १०, गिरफ्तार ५, भौतिक संरचनामा क्षतीका ६ घटना घटेका छन् ।
जिल्ला समन्वय समितिका सभापति लक्ष्मण खड्काले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू इन्सेकले सङ्कलन गरेर नेपालको वास्तविक अवस्था देखाएको बताए । उनले स्थानिय तहसम्म पुगेर पालिकागत हिसाबले तथ्याङक संकलन गरे मानव अधिकारका घटना न्युनिकरणमा सहज हुने बताए । स्थानीय तहले मानव अधिकारसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्नुपर्ने उनले बताए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी नुरहरी खतीवडाले पनि इन्सेकले सङ्कलन गरेको घटनालाई हेर्दा समाजको चरित्र बिग्रदो अवस्थामा रहेकाले सबै एकजुट भएर समस्या समाधानका लागि लाग्नुपर्ने बताए ।
जिल्ला प्रहरीका डिएसपी नरबहादुर सलामी मगरले पनि प्रहरी सधैँ मानव अधिकारको क्षेत्रमा लाग्न प्रतिबद्ध रहेका बताए । जिल्लामा मानव अधिकारको प्रत्याभूतिका लागि सुरक्षाको काममा तादरुकताका साथमा लागिरहेको उनले बताए । यस्तै मानव अधिकारकर्मी तथा सामुदायीक सेवा केन्द्र भोजपुरकी अध्यक्ष लिलामाया तामाङले जिल्लामा बालिका तथा महिला बलात्कारका घटना दिनप्रतिदिन बढिरहेकाले यस्ता घटना न्यूनीकरणमा सरोकारवाला सबैको ध्यान जानु पर्ने बताईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार