भोजपुुरमा आफ्नै सौतेली आमासंग मिलेर बाबुको हत्या, लाश फ्याल्न पाँच हजार रुपैँया

  सिलिचुङ सम्बाददाता

अभियुक्त आमा छोरा । तश्विर

 

भोजपुर । भोजपुरमा आफ्नै सौतेली आमासंग मिलेर बृद्ध बाबुको हत्या गरिएको छ । भोजपुर नगरपालिका ११, आम्तेकका ६५ वर्षिय हरिबहादुर राई र उनकी कान्छी आमा ५६ वर्षिया कर्णशोभा राईले ८८ वर्षिय दलबहादुर राईको हत्या गरेको खुल्न आएको हो ।
हरिबहादुरले कान्छी आमासंग मिलेर गत असोज २५ गते बाबु दलबहादुरलाई घाँटी थिची हत्या गरेको प्रहरीले जनाएको छ । उनको शव खोजी गर्ने क्रममा गत मंसिर १ गते आम्तेककै टारबारीस्थित स्थानीय सोहन खोलामा सडेको अवस्थामा फेला परेको थियो । शव शंकास्पद रुपमा भेटिएपछि अनुसन्धानका क्रममा अभियुक्तबाटै हत्या गरिएको पुष्टि भएपछि हरिबहादुर र कर्णशोभालाई प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्त हरिबहादुर र कर्णशोभाले स्थानीय सन्तोष विक र नारायण विकलाई ५ हजार रुपैँया दिएर दलबहादुरको शव डोकोमा फ्याँक्न लगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरले बताए । हरिबहादुरको कान्छी आमा कर्णशोभासंग अवैध सम्बन्ध रहेको खुल्न आएको छ ।
पक्राउ परेका हरिबहादुर र कर्णशोभालाई कर्तव्य ज्यान मुद्दा हाली पुर्पक्षका लागि राखिएको प्रहरीले जनाएको छ । त्यस्तै घटनामा संलग्न सन्तोष विक र नारायण विकलाई पनि कर्तव्य ज्यान मुद्दा अन्र्तगतको मतिहार मुद्दा हाली पुर्पक्षका लागि राखिएको छ । कान्छी श्रीमती कर्णशोभासंग दशैँको टिका लगाउन आम्तेकको बाँसबोटे गएका दलबहादुर असोज २५ गतेदेखि सम्पर्कविहीन भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार