काठमाडौं । राष्ट्रियसभाका संसद रमेशजंग रायमाझीको सम्पत्ति छानविन गर्ने पर्ने माग राख्दै मंगलबार उजुरी दर्ता भएको छ। अनामनगरका सौजन्य क्षेत्रीले रायमाझीले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति छानविन गरी जफत गरिपाउँ भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ती शुद्धीकरण अनुसन्धानविभागमाउजुरी दर्ता गराएको हो।
भोजपुरको सामान्य परिवारमा जन्मेका संसद रायमाझीले राजनितीको आडमा करोडौ अकुत सम्पत्ति आर्जन गरेकाले छानविनको माग गरेर उजुरी दर्ता गराएको क्षेत्रीले बताए। रायमाझीले माघ ५ को राष्ट्रियसभा बैठकबाटै सरकारलाई ५० करोड रुपैयाँमा तिर्न तयार भएको भन्दै गोकर्ण रिसोर्ट लिजमा दिनमाग गरेका थिए ।
राज्यको इज्वत र प्रतिष्ठा माथिनै आँचपुग्ने गरी माथिल्लो सदनबाटै सरकारको खिल्ली उडाएर ५० करोड सम्पत्तिको धाकलगाउनु जायजहोइन क्षेत्रीले भने, उनको सम्पत्ति छानविन गरी राज्यकरण गर्नु पर्छ। सांसद रायमाझीले प्रसस्त सम्पत्तिकमाएको कुरा यस अघि नेपाली सञ्चार माध्यममा बारबार सार्वजनिक भई सकेको छ । कांग्रेस निकट स्रोतका अनुसार उनले तत्कालीन गृहमन्त्री खुमबहादुर खड्का जिवित छँदै सत्ता र शक्तिको चरम दुरुपयोग गरि व्यापारिक प्रतिष्ठानका व्यक्तिहरुलाई तर्साएर सम्पत्ति आर्जन गरेको हो ।
उनको छानविन भई कानुनी कारबाही भएमा एकातिर नेपालमा विचौलिया राजको अन्त्यहुने छ र नेपालको राजनीति सुधार्न मद्धत पुग्ने निवेदकको अपेक्षा छ ।