भाेजपुर नगरपालिकाको जिम्मेवार व्यक्तिसहित १७ जना भ्रमणमा, सेवाग्राही मारमा

  सिलिचुङ समाचारदाता

भोजपुर। भोजपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी कार्यालयको काम नै ठप्प पारेर साताव्यापी भ्रमण हिँडे पछि सेवा प्रवाहमा समस्या भएको छ ।
नगर प्रमुख कैलास कुमार आले, उपप्रमुख ममिता राई, प्रमुख प्रशाकिय अधिकृत, रामप्रसाद ढुंगेल, लेखा प्रमुख सुरेन्द्र कुमार श्रेष्ठ, चार जना वडाध्यक्ष, प्रविधि, कम्प्यूटर अप्रेटर गरि १७ जनाको टोली भ्रमण हिडेँपछि दैनिक कामकाजमा समस्या भएको हो । गत आइतबारबाट भ्रमणमा गएको भएपनि कहिले फर्कने भन्ने थाहा नभएको कार्यालयका कर्मचारी बताएका छन् ।


कार्यालयमा सेवा लिनको लागि आएका आङपासाङ शेर्पाले भने, ‘जनप्रतिनिधि तथा कर्मचारी काम नै ठप्प पारेर जानु भनेको यो चरम लापरबाही हो, भ्रमणमा गएको विषयमा अन्य कर्मचारी समेत थाहा छैन, यस्तो गैर जिम्मेवारी पनि हुन्छ ?।’

‘‘ मेयर, उपमेयर, प्रमुख प्रशाकिय अधिकृत, लेखा अधिकृत ४ चार जना वडाध्यक्ष प्राविधिक लगाएत १७ जना भ्रमण छन् तर भ्रमणको विषयमा कार्यापालिममा वैठकबाट निर्णय भएको मलाई जानकारी छैन ।’’

कार्यालयका अधिकांश शाखाहरुको कर्मचारी विहिन रहेका छन् । कार्यालयमा सम्झौताको काम भईरहेको भए पनि आर्थिक कारोवार भने ठप्प रहेको छ । मौखिक रुपमा कार्यालयको निमित्त प्रशासकिय अधिकृतको रुपमा इन्जिनियर अरुण हमाललाई अनुमति दिएको भएपनि लिखित रुपमा जिम्मेवारी दिएको छैन् । जसको कारण आर्थिक कारोवार लगाएतका काम ठप्पछ ।इन्जिनियर अरुण हमालले भने, ‘मलाई काम गर्दै गर्नु भनेर मौखिक रुपमा भनेकोले काम गरिरहेको छु, तर लिखित रुपमा प्रमुख प्रशासकिय अधिकृत सरले जानकारीदिएको छैन ।’

नगर प्रमुख, प्रशाकिय अधिकृत तथा अन्य जिम्मेवार कर्मचारी बाहिर गएको विषयमा सामाजिक सञ्जालबाट थाहा पाएको कर्मचारीहरुले बताएका छन् । साथै उनिले कति दिने भ्रमण हो भन्ने समेत थाहा नभएको बताए ।

नाम नवताउने शर्तमा एक कर्मचारीले भने ‘ कतिदिने भ्रमण हो त्यो थाहा छैन, भ्रमणमा रहेको विषयमा मलाई पनि सामाजिक सञ्जालबाट मात्र थाहा भएको हो, अरु कुरा मलाई केहि थाहा छैन ।’

नाम उल्लेख नगर्ने शर्तमा एक वडाध्यक्षले भने, नगर कार्यपालिकाको वैठकमा भ्रमण विषयमा कुनै पनि निर्णय नभएकोले आफूलाई कुनै पनि जानकारी नभएको बताए ।

वडाध्यक्षले भने ‘‘ मेयर, उपमेयर, प्रमुख प्रशाकिय अधिकृत, लेखा अधिकृत ४ चार जना वडाध्यक्ष प्राविधिक लगाएत १७ जना भ्रमण छन् तर भ्रमणको विषयमा कार्यापालिममा वैठकबाट निर्णय भएको मलाई जानकारी छैन, कार्यालय प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या त धेरै नै छ ।’’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार