पार्टी फुटाउने मिल्ने सरकारको अध्यादेश

काठमाडौं । आफूलाई सत्ताबाट हटाउने आशंका बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे नेकपा फुटाउन आफूलाई सजिलो हुने गरी मन्त्रिपरिषदबाट अध्यादेश पास गरेका छन ।

संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी सोमबार मन्त्रिपरिषदबाट अध्यादेश पास गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पु¥याएका छन । सो सिफारिश भण्डारीले आजै जारी समेत गरिसेका छन ।

मन्त्रिपरिषदमा यो अध्यादेशको तीन जनाबाहेक अरू मन्त्रीले मौन समर्थन जनाएको स्रोतले उल्लेख गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कृषिमन्त्री घनश्याम भुषाल र उर्जामन्त्री वर्षमान पुनले भने यस्तो गम्भीर निर्णय अहिलेको समयमा गर्नु ठिक नभएको भनेर सुझाएका थिए ।
पछिल्लो समय सत्तारूट नेपाल कम्युनिष्ट पार्टीमा दुई अध्यक्षबीच मतभेद चुलिँदै गएको थियो। पछिल्ला केही दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पार्टीको जिम्मेवारी दिने गरी नेकपामा तयारी भइरहेको गाइँगुइँ सार्वजनिक भएका थिए ।

सभामुख निर्वाचन र वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा पाटीभित्र प्रधानमन्त्री ओली र प्रचण्ड(नेपाल खेमाबीच मतभेद चर्किँदै गएको थियो । नेकपाभित्र प्रचण्ड(नेपाल एकातिर हुँदा पार्टीका मुख्य निकाय सचिवालय, स्थायी कमिटी र केन्द्रीय समितिका साथै संसदीय दलमा पनि सो खेमाको बहुमत पुग्ने देखिन्छ । संसदीय दलका ४० प्रतिशतभन्दा माथि सदस्यको भने प्रधानमन्त्री ओलीलाई साथ रहेको ओली पक्षको दाबी छ ।

अहिलेको कानुनी व्यवस्थामा भने पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दल दुबैमा कम्तिमा ४० प्रतिशत सदस्यको समर्थन चाहिन्छ । यो अध्यादेश जारी भएपछि संसदीय दलमा ४० प्रतिशत सांसदहरूको समर्थन पाए ओलीले आफ्नो नेतृत्वमा निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न पाउने छन् ।

केही गरी आफूलाई सत्ताबाट हटाउन खोजिएमा पनि नहट्ने बरू पार्टी फुटाएर नयाँ दल दर्ता गर्ने प्रयोजनका लागि उहाँहरूले यो अध्यादेश पास गराउनुभएको हो,’ प्रचण्ड नेपालनिकट एक नेताले भने,‘आफू अल्पमतमा परे पनि सत्ता नछोड्ने बरू आफ्नो नेतृत्वमा पुरानो एमाले ब्युँताउने कसरत हो यो ।’

अर्का एक नेताले प्रधानमन्त्री ओलीले आफ्नाविरूद्ध पार्टी निर्णय गरिए आफू कहाँसम्म जान तयार छु भनेर सन्देश दिन यो अध्यादेश ल्याएको टिप्पाी गरे ।

प्रधानमन्त्री ओलीको यो कदमपछि पाटीभित्र अहिलेको मतभेद थप चर्किएर जान्छ वा केही समयका लागि मत्थर हुन्छ एकिन छैन ।
अब के हुन्छ भन्ने प्रश्नमा ओलीनिकट एक मन्त्रीले भने(उहाँहरू कसरी बझ्नुहुन्छ, त्यहीअनुसार राजनीति विकसित हुन्छ ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदबाट अध्यादेश पास गराएपछि प्रचण्ड(नेपाल खेमाले उनलाई तत्काल सत्ताबाट हटाउन अघि नबढ्ने ओली खेमाको आकलन छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार