भोजपुर । दैनिक ज्यालादारीमा घरगर्जो धान्ने अरुण गाउँपालिका याकुका भिम भुजेललाई लकडाउनले थलाएको छ । गाउँपालिकाको राहतमार्फत पाएको खाद्यान्नले जसोतसो परिवारको गुजारा चल्दैछ । केहि दिनअघि मात्रै उनकी श्रीमती सुत्केरी भईन् । लकडाउनले काम ठप्प छ । अलिअलि जोहो गरेको पैसाले नधान्ने अवस्था थियो । तर गाउँपालिकाले घरमै आएर श्रीमतीलाई केहि रकम थमायो । उनी दंग परे । सम्पूर्ण सुत्केरी स्याहारका सामान किन्न सहज बनाउन गाउँपालिकाले घरमै आएर सहयोग गरेपछि उनले श्रीमती र बच्चाको राम्रो हेरचाह गर्न पाए ।
विगतका वर्षबाटै पूर्वी अरुण गाउँपालिकाले मातृशिशु स्याहारको अवधारणाले सुत्केरी स्याहार अभियान चलाएपनि लकडाउनले सामाग्री पु¥याउन नसक्दा सामाग्रीको विकल्पमा रकम नै वितरण गर्न थालेको छ
‘लकडाउनले कामै नभएपछि पैसा पनि थिएन, विहानबेलुकीको छाक त्यहि राहतको चामलले टर्छ, सुत्केरी श्रीमतीको कसरी ख्याल गर्ने चिन्ताले पिरोलिएको बेला गाउँपालिकाले घरमै आएर सहयोग दियो, राहत मिल्यो’ उनले भने । विगतका वर्षबाटै पूर्वी अरुण गाउँपालिकाले मातृशिशु स्याहारको अवधारणाले सुत्केरी स्याहार अभियान चलाएपनि लकडाउनले सामाग्री पु¥याउन नसक्दा सामाग्रीको विकल्पमा रकम नै वितरण गर्न थालेको छ ।
सुत्केरी आमाबच्चालाई पौष्टिक आहार तथा स्याहार सामाग्री लिएर गाउँपालिकाले घरदैलो अभियान चलाएपछि गाउँपालिका क्षेत्रका ग्रामीण परिवारलाई सहज भएको छ । सुत्केरी आमा र बच्चा भेट्न गाउँपालिकाका प्रतिनिधीहरु घरमै पुग्ने गरेका छन् । कोरोना संक्रमण जोखिमले सुत्केरी महिलाहरुलाई सामाग्री पु¥याउन समस्या भएपछि सामाग्रीको सट्टा २५ सय रुपैया स्याहार खर्च दिन थालेको हो । सुत्केरी आमा र शिशुको स्वास्थ्य कठिनाई र कोरोना जोखिमलाई ध्यानमा राखेर घरमै पुगेर रकम हस्तान्तरण गर्ने अभियान चलाएको गाउँपालिका उपाअध्यक्ष विनिता ढकालले बताईन् । भनिन्, ‘गाउँपालिका क्षेत्रमा सुत्केरी हुने आमा र बच्चाको उचित स्वास्थ्योपचार, पौष्टिक आहार तथा अभिभावकत्व ग्रहण गर्न हामी घरमै पुग्छौँ’
आर्थिक अवस्था कमजोर भएका सुत्केरीका परिवारलाई खर्च जुटाउनुपर्ने सास्तीलाई गाउँपालिकाले कम गर्ने प्रयास गरेको छ । यसअघि गाउँपालिकाभित्रका जो कोहि स्वास्थ्य संस्थामा सुरक्षित प्रसुती गराउने महिलाहरुलाई कुखुराको भाले, पाँचसय रुपैँया, चामल, नवजात बच्चालाई कपडा र आमाबच्चाको नियमित स्वास्थ्य चेकजाँचका साथै जन्मदर्ता निःशुल्क गराउँदै आएको छ ।
गाउँ कार्यपालिकाले चलाएको ‘सुत्केरी भेटघाट कार्यक्रम’ अन्र्तगत सुत्केरी महिलाको घरमा खाद्यान्नको अवस्था, पौष्टिक आहार, आमाबच्चाको स्वास्थ्य अवस्था, जन्मदर्ताको जानकारी लिएर आवश्यक सहयोग गर्दै आएको गाउँपालिकाले जनाएको छ । लकडाउन अवधिमै मात्र गाउँपालिकाले गाउँपालिकाका ४ सुत्केरीलाई स्याहार खर्च प्रदान गरेको छ । जोखिमलाई ध्यान राखेर सामाजिक दुरी कायम गर्दै सुत्केरीको घरमा स्याहारबाहेक मास्क, सेनीटाइजर तथा स्वास्थ्य सुरक्षाका सामाग्री पनि हस्तान्तरण गरिने गरिएको प्रशासकिय अधिकृत यादवप्रसाद सापकोटाले बताए ।